अर्थमन्त्रीकाे नाममा नक्कली आइडी बनाएर इमेल, कानूनी उपचार खोज्दै सचिवालय

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नामबाट नक्कली इमेल आइडी बनाएर गलत तथा भ्रामक सूचनाहरू सम्प्रेषण भएको पाइएको छ । 

अर्थमन्त्री पौडेलको नाममा नक्कली इमेल आईडी बनेको भन्दै उनका निजी सचिवालयले त्यस्ता सन्देशबाट प्रभावित नहुन र मन्त्रीको नामबाट त्यस्तो कुनै सन्देश प्राप्त भएमा मन्त्रीको सचिवालय सम्म पुराएर सहयोग गरिदिन अनुरोध गरेको छ । 


Advertisement

साथै त्यस्ता इमेल आईडीहरूमाथि कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको समेत  सचिवालय सदस्य यम पाण्डेले जानकारी दिएका छन् ।

उनले फेसबूकमा एक स्टाटस लेख्दै भनेका छन्, 'माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूको नामबाट नक्कली ईमेल आईडी बनाई  बिभिन्न ब्यक्तिहरुलाई गलत र भ्रामक सन्देशहरु संप्रेषण गरेको पाइएको छ । त्यस्ता सन्देशबाट प्रभावित नहुन र मन्त्रीज्यूको नामबाट त्यस्तो कुनै सन्देश प्राप्त भएमा मन्त्रीज्यूको सचिवालय सम्म पुराएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । साथै त्यस्ता ईमेल आईडीहरु उपर कानुनी कारबाहीका लागी प्रक्रिया अगाडी बढाइएको पनि जानकारी गराउदछौं ।'


Advertisement

माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूको नामबाट नक्कली ईमेल आईडी बनाई बिभिन्न ब्यक्तिहरुलाई गलत र भ्रामक सन्देशहरु...

Posted by Yam Pandey on Wednesday, October 21, 2020
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्