×

NMB BANK
NIC ASIA

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! यी काम झुक्केर पनि नगरौं

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारको आग्रहलाई बेवास्ता गरी दशैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय अपनाउन नबिर्सिनुहोला। बसभित्र फेससिल्ड र मास्क लगाऔं। मौन बसौं। झ्याल खुलै राखौं।

Muktinath Bank

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बसभित्र भौतिक दूरी पालनाको सम्भावना न्यून हुने बताउँछन्। ‘बसभित्र सिटको दूरी निकै कम हुन्छ। त्यसैले मास्क लगाउनुपर्छ। मौन रहनुपर्छ’, डा. पुन भन्छन्, ‘झ्याल खुला राख्दा संक्रमणको जोखिम न्यून हुन्छ।’ नाक र मुखबाट निस्किने छिटा हावामै पनि तैरिन सक्ने भएकाले बसको झ्यालढोका खुलै राख्दा संक्रमणको जोखिम कम हुने डा. पुन बताउँछन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बसभित्र कोचाकोच अवस्थामा बोल्दा थुकका छिटा फैलिन्छन्। झ्याल बन्द राख्दा ती कण बसभित्रै तैरिएर धेरैलाई संक्रमणको जोखिम हुन सक्छ। कोही संक्रमित छ भने उसले दिएको नोटबाटै संक्रमण हुने जोखिम हुन्छ। संक्रमितसँग १५ मिनेट नजिक रहनु पनि कोरोना भाइरस संक्रमणका लागि पर्याप्त हुने विज्ञ बताउँछन्। संक्रमितले बसभित्र बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कने ससाना छिटाले संक्रमण हुन सक्छ। लामो एवं मध्यम दूरीको यात्रामा एयर कन्डिसनर (एसी) नचलाउन विज्ञको सुझाव छ।


Advertisment
Nabil box
Kumari

यातायात व्यवस्था विभागले संक्रमणको सम्भावना हुने आकलन गर्दै फेससिल्ड अनिवार्य लगाउनुपर्ने नियम बनाएको छ। फेससिल्ड र मास्क लगाउँदा जोखिम कम हुने विज्ञको भनाइ छ। ‘बसहरू स्यानिटाइज गरेका पनि हुँदैनन्। कोचाकोच यात्रा गराउँछन्। अब यात्रु आफै सचेत हुनु जरुरी छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली भन्छन्, ‘मास्क र फेससिल्ड लगाउनुपर्छ। साबुनपानीको व्यवस्था नहुने अवस्थामा स्यानिटाइजरको उपयोग गर्नुपर्छ।’

Vianet communication
Laxmi Bank

यात्रा गरेपछि पनि घरभित्र सोझै नपसी लगाएको कपडा बाहिरै राख्न र साबुनपानीले नुहाउन डा. पुन सुझाउँछन्। ‘नजिकै संक्रमित व्यक्ति बसेको छ भने उसको नाक र मुखबाट निस्केका छिटाहरू लुगा वा सिटमा पनि अड्केको हुन सक्छ’, उनी भन्छन्, ‘सरकारको सन्देश पालना गर्दै भरसक अहिले बसैकै ठाउँमा दशैं मनाउँदा राम्रो हुन्छ। यात्रा गर्नुपर्ने अवस्थामा  होसियारी अपनाउनै पर्छ।’

दशैं लागेसँगै जोखिमपूर्ण ढंगले लामो यात्रा गर्नेको लर्को छ। त्यही लर्कोमा संक्रमित पनि हुन सक्छन्। कोरोना संक्रमण भयावह बन्दै गरेको संघीय राजधानीबाटै दशैं मनाउन विभिन्न जिल्ला गइरहेका छन्। 

मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले पुरानै भाडा दरमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेपछि संक्रमणको जोखिम झनै बढेको हो। खर्च नउठ्ने जनाउँदै व्यवसायीले सिट भरेरै यात्रु बोक्न थालेका छन्। त्यसअघि भदौ २९ गतेको मन्त्रिपरिषद्ले आधा सिट क्षमताका सवारी चलाउनुपर्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो।

प्रवक्ता डा. गौतमले लामो यात्रा गरेको व्यक्तिलाई गाउँघरमा देखे सात दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताए। ‘कोरोना सार्ने सम्भावना भएकोले केहि दिन क्वारेन्टाइनमा राख्न भनिएको हो’, उनले भने। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x