×

NMB BANK
NIC ASIA

शुल्क तिर्न नसक्दा संक्रमितको बिचल्ली

कात्तिक ६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

मिर्गौला रोगबाट पीडित उदयपुरकी ४७ वर्षीया देवीमाया मगरको डायलसिस गर्ने पालो आउँदो आइतबार छ ।

Muktinath Bank

पाटन अस्पतालमा उनीसँगै डायलसिस गराउँदै आएका दुई जना बिरामीमा कोरोना पोजिटिभ देखियो । त्यसयता अस्पतालले प्रत्येक पटक डायलसिस गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । डायलसिसका लागि मगर बुधबार कोरोना परीक्षण गर्न गइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सोधपुछ डेस्कमा ज्वरो पनि आएको जानकारी गराएपछि डाक्टरहरूले फिभर क्लिनिकमा भर्ना हुनुपर्ने बताए । त्यसका लागि ६ हजार र पीसीआर परीक्षण गर्न २ हजार ७५ रुपैयाँ लाग्ने सुनाए ।


Advertisment
Nabil box
Kumari

ग्वार्कोमा कोठामा बस्दै आएकी उनी ८ हजार ७५ रुपैयाँ अस्पताललाई बुझाउन नसकेर बुधबार चिन्तित अवस्थामा भेटिइन् । मोबाइलमा आफन्तलाई पैसा जोहो गर्न हारगुहार गर्दै थिइन् । उनका छोरा भन्छन्, ‘आमाको प्रत्येक साता डायलसिस गराउनुपर्छ । अस्पतालले पीसीआर रिपोर्टबिना डायलसिस गराउँदैन ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार औषधि खरिद गर्दा छुट्टै पैसा खर्च हुन्छ । ‘तीन/तीन महिनामा रगत जाँच गराउनुपर्छ,’ उनले भने, ‘७ महिनादेखि एक सुका आम्दानी भएको छैन । ऋण लिने ठाउँ पनि छैन । उपचार गराउनै मुस्किल पर्ने भयो ।’ उनका अनुसार पीसीआर टेस्ट गराउन नसकेकै कारणले दुई जना बिरामी डायलसिस नगरी फर्किए ।

नगरकोटका २७ वर्षीय राजकुमार मगर परिवार पाल्ने उमेरमा मिर्गौला रोगबाट ग्रसित भए । घरमा आमाबुबा र दिदी मात्र छन् । बुधबार डायलसिस गराउँदा गराउँदै उनलाई अचानक उच्च ज्वरो आयो । कोभिडको शंका लागेर पीसीआर परीक्षण गर्न गए । त्यहाँ शुल्क लाग्ने बताएपछि उनी पनि पैसा नभएर अलपत्र परेको अवस्थामा भेटिए । उनी फोनमा पैसाका लागि हारगुहार गर्दै थिए ।

पाटनका श्रवण महर्जनको परिवारमा आमा, बुबा र छोरी तीन जनालाई कोरोना पोजिटिभ भएको छ । आमालाई १० दिनदेखि पाटनमा राखेर उपचार गराउँदै आएका छन् । भन्छन्, ‘१० दिनको डेढ लाख रुपैयाँ तिर्नुपर्छ । कमाउने ठाउँ सबै बन्द भइसकेको छ । त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने ?’

हेटौंडाकी ६० वर्षीया कुमारी दाहाल तीन दिनअघि अचानक ज्वरोले थला परिन् । उनमा श्वासप्रश्वास समस्या पनि देखियो । मकवानपुरमा उपचार सम्भव नभएपछि परिवारजनले सोमबार पाटन अस्पताल पुर्‍याए । त्यहाँ डाक्टरहरूले ज्वरो क्लिनिकमा राखेर उपचार गरे । निःशुल्क उपचार पाउने आसमा आएका उनलाई क्लिनिकको मात्रै ६ हजार रुपैयाँ तिर्न लगाए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप उपचार गर्नॅपर्ने भन्दै ५० हजार तुरुन्त डिपोजिट नगरे बेड पाउन गाह्रो पर्ने बताए । अस्पतालले भनेजति रकम आफूसँग नभएपछि उनकी छोरी लक्ष्मीले पैसा खोजखाज गरेर डाक्टरहरूसँग बिन्तीभाउ गरेर तीस हजार डिपोजिट गरेर आमालाई भर्ना गरिन् ।

उनका अनुसार अक्सिजन दिनुपर्ने भएकाले अस्पताललाई अहिले दैनिक ७ हजारका दरले रकम तिर्नुपर्छ । ‘डाक्टरहरूले कम्तीमा १४ दिन राख्नुपर्छ भनेका छन् । उपचार खर्च मात्रै एक लाखको हाराहारीमा हुने देखियो,’ उनले भनिन्, ‘हुनेखानेले त उपचार गराउलान्, नहुनेले मृत्यु कुर्नेबाहेक अरू उपाय छैन ।’

सरकारले आइतबारसम्म सामान्य लक्षण भएका बिरामीलाई प्रतिदिन ३ हजार ५ सयका दरले अधिकतम १४ दिनसम्म, अक्सिजन चाहिने तर आईसीयूमा राख्न नपर्नेलाई प्रतिदिन ७ हजारका दरले अधिकतम १४ दिन र आईसीयूमा राख्नुपर्नेलाई प्रतिदिन १५ हजारका दरले तीन सातासम्मका लागि अस्पताललाई रकम उपलब्ध गराउँदै आएको थियो । यही रकमले अस्पतालले बिरामीको उपचार, खानपानको व्यवस्थापन र क्वारेन्टाइनमा राख्दा हुने खर्च बेहोर्दै आएको थियो ।

कोरोना उपचार गराउन शुल्क लाग्ने भएपछि उनीहरू जस्तै मर्कामा पर्ने थुप्रै छन् । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले असहाय र विपन्न नागरिक भनेर जिल्ला प्रशासन कार्यालय, स्थानीय तह वा आधिकारिक सरकारी निकायबाट सिफारिस लिएर आएमा पीसीआर टेस्ट निःशुल्क गर्न सकिने बताए । ‘कतिपयले भनेका बेलामा सिफारिस लिएर आउन सकिँदैन, त्यसका लागि अस्पताल आफैंको सामाजिक सेवा विपन्न नागरिक कोष छ । सम्पर्कमा आएमा त्यहाँबाट पनि सहयोग गर्न सकिन्छ,’ उनले भने ।

ग्वार्कोकी लक्ष्मी लम्सालको समस्या भने बेग्लै छ । गर्भवती उनीलाई डेलिभरीको समय मंसिर १ गतेका लागि दिएको छ । कोरोना पोजिटिभ लम्साल पाटन अस्पतालमा कोभिडको उपचार गराएर निको भई घर फर्केकी थिइन् तर फेरि जाँच गर्ने क्रममा पोजिटिभ देखियो । अहिले फेरि भर्ना हुन खोज्दा उनलाई भने बेड खाली नभएको भन्दै लिन मानेनन् । यस विषयलाई लिएर बुधबार डाक्टर र उनका श्रीमान्बीच भनाभन भएको थियो । उनका श्रीमान् भन्छन्, ‘श्रीमतीलाई बीचमा केही भइहाल्यो भने जिम्मेवारी कसले लिने ?’

निर्देशक शाक्यले अस्पतालमा आइसकेका बिरामीलाई सकेसम्म फिर्ता नपठाउने व्यवस्था गर्दै आइरहेको बताए । ‘कोभिडका बिरामीको चापलाई मध्यनजर गरेर बेड संख्या बढाएर २ सय ५० पुर्‍याएका छौं,’ उनले भने, ‘सामान्य उपचारका लागि बेड उपलब्ध गराउन सकिन्छ । आईसीयू मात्र डेढ महिनादेखि प्याक छ ।’ अस्पतालमा आईसीयूसहित अक्सिजन दिन मिल्ने बेड ५० वटा मात्र छन् भने भेन्टिलेटर २१ वटा छन् । शुल्क लिन थालेपछि अस्पतालमा उपचार गराउन आउनेको संख्या पनि उल्लेखनीय मात्रामा कमी आएको छ । यसअघि दैनिक ३ सय जना पीसीआर टेस्टका लागि आउनेमा अहिले घटेर २ सयमा पुगेका छन् ।

अस्वस्थ भएपछि वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी लोकनाथ चौधरी गत शुक्रबार नारायणी अस्पताल पुगे । डाक्टरको सुझावअनुसार स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भयो । मुर्लीमा एउटा कोठा भाडा लिएर परिवारसहित बस्दै आएका चौधरीको होम आइसोलेसनमा बस्ने अवस्था थिएन ।

अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले संक्रमितको उपचार निःशुल्क हुने भएकाले नेसलन मेडिकल कलेजको कोभिड अस्पतालमा भर्ना हुन सिफारिस गरिदिए । दुई दिनसम्म निःशुल्क उपचार गरेको अस्पतालले चौथो दिन प्रतिदिन सात हजार रुपैयाँ लाग्ने भन्दै १४ हजार रुपैयाँको बिल दियो । त्यति रकम तिर्न सक्ने हैसियत नभएका चौधरी र उनका परिवार चिन्तित बने । निःशुल्क उपचार हुने भएकाले यहाँ पठाएका नारायणीका चिकित्सक डा. सिंहलाई फोन गरेर आफ्नो पीडा सुनाए । पैसा नै तिर्न नसक्ने अवस्था भएकाले जसरी पनि बिरामीलाई बाहिर बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरे ।

डा. सिंहले कोभिड अस्पताललाई बिरामीको अवस्था देखाएर डिस्चार्ज गरिदिन आग्रह गरे । ‘सरकारको नयाँ नियमबारे बिरामी र उनका आफन्तलाई जानकारी गराउँदै मैले माफी मागें,’ डा. सिंहले भने, ‘त्यसपछि कोभिड अस्पताललाई अनुरोध गरेपछि बिरामीलाई घर पठाइयो ।’

चौधरीकी छोरी प्रतीक्षाले पैसा तिर्न नसकेपछि बुबालाई घर लिएर आएको गुनासो गरिन् । ‘बुबाको स्वास्थ्य ठीक छ, हल्का खोकी मात्र छ,’ उनले भनिन्, ‘एक दिनको ७ हजार रुपैयाँ कहाँबाट ल्याउने ? पैसा नतिर्न सकेर घर ल्यायौँ ।’ कोरोना संक्रमितले आफ्नो उपचार आफैँ गर्ने सरकारको निर्णय गलत भएको डा. सिंहले टिप्पणी गरे । कान्तिपुर दैनिकमा प्रशान्त माली र भूषण यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x