रेडपाण्डाको छालासहित ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुखेृतले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर ६ गोदामलाइन स्थित पञ्चकोशी होटलमा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको विषेश सूचनाका आधारमा कर्णाली प्रदेश व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नृतृत्वमा खटिएको टोलीे चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।


Advertisement

उनका अनुसार पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका वडा नं. दुइका २६ वर्षीय मनोज विक, वडा नं. तीनका ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षका पदमबहादुर सुनार र नारायण नगरपालिका ९की ४० वर्षीया सबिता थापा पक्राउ परेका छन् ।

उनका अनुसार चार फिट लम्बाइ भएको एक थान र तीन फिट ६ इन्च लम्बाई भएको रेड पाण्डाको एक थान छालासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्