नेपाल ल्युब आयलले १० प्रतिशत नगद लाभांश बाँड्ने

नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  

साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


Advertisement

नेपाल ल्यूव आयल लि.को ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थिती बाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यम जूम एप मार्फत १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी रहेको र उपस्थितीहरु बिच दुरी कायमका साथै अन्य स्वास्थ्य प्रोटोकल  समेत पालना गरि आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवंम कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोभिड १९ बीमाा गर्ने घोषणा गरे । 


Advertisement

त्यस्तै उच्चस्तरिय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो सेवा, लाइभ अपडेट रिपोर्टिड्ड र उत्पादकत्वमा वृद्धि पुर्याउने अन्य विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका थिए ।  

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्