निगमभित्रको बेथिती हटाउन महाप्रबन्धक पौडेलको १६ बुँदे निर्देशिका

नेपाल वायुसेवा निगमका महाप्रबन्धक प्रकाश पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका छन् ।

विगत केहि समयदेखि निगममा विकास हुदै आएको अनुशासनहिनता तुरुन्त सुधार गर्नुपर्ने चरणमा आइसकेको भन्दै उनले अनुशासनका आधारभूत नियम कडाईका साथ पालना गर्न निर्देशित गरेका हुन् ।


Advertisement

महाप्रबन्धक पौडेलले जारी गरेको निर्देशनमा  निगमले तोकेको कार्यलय समय विहान १० बजे सबै कर्मचारी कार्यलय आइ पुग्नुपर्ने, यदि कुनै कारणले ढिला भएमा एक महिनामा चार पटकसम्म १५ मिनेटका दरले छुट दिने तर सो हदभन्दा बढी भएमा गयल जनाउने साथै ढिलो आएको दिन चाँडै निस्केमा उक्त छूट पनि नदिन निर्देशन गरेका छन् ।

त्यस्तै,खाजा समय ३० मिनेट मात्र हुने, कार्यलयमा हाजिर गरी बाहिर गएमा अनुशासनहिनताको कार्वाही गर्ने, पोशाक र परिचय पत्र नलगाई कार्यलय आउने कर्मचारीको नाम सुरक्षा अधिकारीलाई टिपाउन र एक महिनामा चार पटक भन्दा वढी यस्तो हेलचेक्राइ गरेमा कार्यलय प्रवेशमै रोक लगाउन पनि सम्वन्धित विभागहरुलाई निर्देशन दिएका छन् ।


Advertisement

विना काम अवेरसम्म बसेर निस्केकै भरमा ओभरटाइम गणना नगर्न र एक घण्टा भन्दा कम समयको ओभरटाइमको गणना नगर्न पनि उनले निर्देशन दिएका छन् । जारी निर्देशनमा, महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखहरुले मासिक प्रगति विवरण अनिवार्यरुपमा पठाउनु पर्ने , विभागीय प्रमुखहरुले प्रयोग गर्ने सवारी साधन निगमै पार्किगं गर्नुपर्ने, निगमको प्रवक्त र सहप्रवक्ताले निगमको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी उपलब्ध गराउनु पर्ने लगायतका विषय उल्लेख छन् ।

धरासायी बनेको निगमलाई आर्थिकरुपले सवल बनाउन पहिला संगठनभित्रको आरण र अनुशासनलाई नै वलियो बनाउनु पर्ने भन्दै महाप्रवन्धक पौडेलले प्रारम्भीकरुपमा सुधारको थालनी गरेका हुन् ।

अहिले पनि निगमलाई सुधार्न नसके कहिल्यै नसकिने भन्दै महाप्रबन्धक पौडेलले प्रयास शुरु गरेका छन् । विहान, बेलुकी जुनसुकै समयमा त्रिभुवन विमानस्थलअन्र्तगत निगमका कामहरुको छड्के गर्ने कार्य पनि उनले शुरु गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्