×

NMB BANK
NIC ASIA

अक्सिजन थेरापीले संक्रमित छिट्टै निको हुन्छन् : विज्ञ

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेलैमा गरिने अक्सिजन थेरापीले लक्षणसहितका कोराना संक्रमित निको हुने दर बढ्ने विज्ञहरूले बताएका छन् । उपयुक्त मात्राको अक्सिजन थेरापीले मृत्युदरमा उल्लेख्य कमी आउने उनीहरूको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bank

कोरोनाका मध्यम र गम्भीर बिरामीको उपचार एवं ‘क्लिनिकल म्यानेजमेन्ट’ मा अक्सिजन थेरापी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले मुलुकभरका स्वास्थ्य केन्द्रमा अक्सिजन पर्याप्त हुनु अत्यावश्यक भइसकेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयमा अक्सिजन कमी भएर ३० देखि ६० वर्षसम्म उमेर समूहका संक्रमित सबैभन्दा बढी प्रभावित भएका छन् । ‘अहिले हामीकहाँ भएका (१ सय २० जना) बिरामीमध्ये ८० प्रतिशतलाई बाहिरबाट अक्सिजन दिन आवश्यक छ । अक्सिजन कम भएर सास फेर्न गाह्रो हुने गरेको हो,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘उनीहरूलाई उपयुक्त रूपमा अक्सिजन दिएर उपचार थाल्यौं भने छिट्टै निको हुन्छन् ।’
 


Advertisment
Nabil box
Kumari

विज्ञहरूका अनुसार संक्रमण भइसकेपछि व्यक्तिको शरीरमा अक्सिजनको स्तरमा तीव्र गतिले कमी हुँदै जान्छ । त्यस्तै कोरोनाले निमोनिया भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीको संख्या बढिरहेको छ । अक्सिजनको कमीले बिरामीको मृत्युसमेत भइरहेको छ । अक्सिजन थेरापीबाट बिरामीलाई अतिरिक्त (पूरक) अक्सिजन दिइन्छ । कोरोनाका लक्षणसहितका बिरामीमध्ये ७० देखि ८० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । हाल काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा बिरामीको आवश्यकताअनुसार अक्सिजनसहितका शय्या अभाव रहेको चिकित्सकहरूको भनाइ छ ।

Vianet communication
Laxmi Bank

त्रिवि शिक्षण अस्पतालले अक्सिजनसहितको शय्याका लागि आउने २०–२५ कोभिड–१९ का बिरामीलाई हरेक दिन फर्काउनुपरेको जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले पनि अस्पताल आउने अधिकांश संक्रमितलाई अतिरिक्त अक्सिजन आवश्यक देखिएको बताए । ‘कोरोनाको मुख्य उपाय वा औषधि नै अक्सिजन थेरापी हो । बिरामीको गम्भीरताअनुसार कति मात्रामा अक्सिजन दिने भन्ने कुरा निर्धारित हुन्छ,’ उनले भने ।

शिक्षण अस्पतालका डा. दासले कोरोनाका उपचारमा हालसम्म मुख्य रूपमा अक्सिजन थेरापी र डेक्सोना नै प्रभावकारी देखिएको बताए । त्रिवि शिक्षण अस्पतालमा हालसम्म मध्यम र कडा संक्रमण भएका ६ सय ५० जनाभन्दा बढीको उपचार गरिएकामा अक्सिजन थेरापीको राम्रो नतिजा देखिएको चिकित्सकहरूले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x