×

NMB BANK
NIC ASIA

फोरजीमा आश्चर्यजनक वृद्धि !

कात्तिक ६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel
    • त्र

    केही समययता मासिक औसत १० हजार हाराहारीमा मात्र फोरजी प्रयोगकर्ता थपिँदै आएकामा गत साउनमा एकैपटक यो सङ्ख्या लाख नाघ्यो । असारको तुलनामा एकै महिनामा सात लाखभन्दा बढी ग्राहक थपिएको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित ग¥यो ।

    Muktinath Bank

    नेपालमा फोरजी सेवा सुरु भएको चार वर्ष पूरा भइसक्दा तुलनात्मक रूपमा कम अर्थात् ५५ लाखभन्दा कम प्रयोगकर्ता मात्र रहेको सन्दर्भमा थपिएको यो सङ्ख्या आफैँमा आश्चर्यजनक छ ।


    Advertisment
    RMC TANSEN
    IME BANK INNEWS
    shivam ISLAND

    प्राधिकरणको पछिल्लो उक्त तथ्याङ्कले थपिएका अधिकांश प्रयोगकर्ता नेपाल टेलिकमको भएको देखाउँछ । नेपालमै पहिलोपटक २०७३ पुसमा फोरजी सेवा सुरु गरेको सरकारी कम्पनीको गत असारसम्म मुस्किलले साढे आठ लाख प्रयोगकर्ता थिए । साउनमा एकैपटक सात लाखभन्दा बढी प्रयोगकर्ता थपिएपछि साउनमा टेलिकमका फोरजी प्रयोगकर्ता एकैपटक साढे १५ लाख पुगेको छ ।


    Advertisment
    Nabil box
    Kumari

    एकैपटक सात लाख प्रयोगकर्ता थपिए पनि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको तुलनामा भने यो आधाभन्दा पनि कम हो । साउनसम्म एनसेलका ३७ लाख ६२ हजार फोरजी प्रयोगकर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

    Vianet communication
    Laxmi Bank

    एकै महिनामा टेलिकमका फोरजी प्रयोगकर्ता आश्चर्यजनकले बढ्नुमा कुनै विशेष कारण भने होइन । चालू आर्थिक वर्ष २०७७÷७८ को सुरुवातसँगै टेलिकमले आफ्नो फोरजी प्रयोगकर्ताको तथ्याङ्क समायोजन गरेर प्राधिकरणमा पेस गर्दा ह्वात्तै बढेको देखिएको मात्र हो । व्यावसायिक रूपमै फोरजी सेवा सुरु भएको लामो समय बितिसक्दा पनि फोरजीको ग्राहक र बजार विस्तार निकै सुस्त भएको तथ्याङ्कसहित गत असोज ४ मा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो ।

    उक्त समाचारमा कम्पनीबाटै प्राधिकरणबाट तथ्याङ्क उपलब्ध गराउँदा गल्ती हुँदा फोरजी प्रयोगकर्ता सङ्ख्या कम भएको देखिएको उल्लेख थियो । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी पनि फोरजी प्रयोगकर्ताको वास्तविक सङ्ख्या पठाउँदा बढेको देखिएको बताउँछन् ।

    हामीसँग फोरजी प्रयोगकर्ताको तीन प्रकारको तथ्याङ्क छ । पहिलो कुनै एकपटक फोरजी प्रयोग गरेका करिब ६७ लाख जति छ भन्ने अनुमान छ । दोस्रो पछिल्लो दुई महिना एक÷दुईपटक चलाउनेको सङ्ख्या करिब ४८ लाख थियो र तेस्रो कुनै एक दिनमा एकपटक चलाउनेको सङ्ख्या सोमबार मात्रै १९ लाखभन्दा बढी देखिन्छ । यही तथ्याङ्क प्राधिकरणमा पठाएका हौँ । नेपाल टेलिकमले देशभैर फोरजी विस्तार गर्ने उद्देश्यसहित करिब २० अर्ब रुपियाँ लगानी गरिसकेको छ । फोरजी÷एलटीई नेटवर्क विस्तारपछि ६५ लाख ग्राहक थप हुने टेलिकमले जनाएको थियो ।

    प्राधिकरणको उक्त तथ्याङ्कमा स्मार्ट टेलिकमका एक लाख ८२ हजार फोरजी प्रयोगकर्ता छन् । सेवा विस्तारलाई प्राथमिकतामा राख्न नसकेको स्मार्टका फोरजी ग्राहक भने घटेको देखिन्छ । असारसम्म उक्त कम्पनीका ग्राहक दुई लाख तीन हजार रहेको तथ्याङ्क छ । फोरजी सेवा उपलब्ध गराइरहेका तीनै कम्पनीका गरेर ५४ लाख ९७ हजार मात्र प्रयोगकर्ता छन् ।

    थ्रिजी प्रयोगकर्ता घटे
    फोरजी प्रयोगकर्तामा देखिएको आश्चर्यजनक वृद्धि भने नेपालमा प्रचलित थ्रिजीमा देखिएको छैन । थ्रिजी प्रयोग गर्नेको सङ्ख्या घटेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणका अनुसार नेपाल टेलिकम र एनसेलका गरेर साउनसम्म एक करोड १५ लाख ५१ हजार ग्राहक छन् । असारसम्म भने थ्रिजी प्रयोगकर्ताको सङ्ख्या एक करोड १५ लाख ८९ हजार थियो । गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेका छन् । 

    hAMROPATRO BELOW NEWS
    TATA Below
    फागुन ४, २०८०

    ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

    माघ २२, २०८०

    सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

    कात्तिक २३, २०७८

    विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

    माघ २५, २०८०

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

    फागुन १५, २०७४

    बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

    मंसिर २५, २०८०

    अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

    'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

    'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

    बैशाख ७, २०८१

    हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

    उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

    उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

    बैशाख ६, २०८१

    सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

    ज्ञान र विज्ञानको भण्डार

    ज्ञान र विज्ञानको भण्डार

    बैशाख १, २०८१

    एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

    x