गायिका नेहाले भेटिन् प्रेमी

प्रेमी हिमांश कोहलीसँगको सम्बन्ध टुटेपछि तनावमा रहेकी भारतकी चर्चित गायिका नेहा कक्कड पुनः प्रेममा परेकी छन् ।

उनले गायक रोहनप्रीत सिंहसँगको सम्बन्ध आफैं सार्वजनिक गरेकी हुन् ।


Advertisement

सामाजिक सञ्जाल फेसबूकमा प्रेमीसँगको तस्वीर सार्वजनिक गर्दै उनले भनिन्, ‘आज उनले मलाई प्रेम प्रस्ताव गरेका छन् । उनीसँग हुँदा जीवन धेरै सुन्दर हुनेछ ।’

तस्वीरमा प्रेमी रोहनप्रीत सिंहले ‘विल यु म्यारी मी’ भनेर नेहालाई प्रस्ताव गरेका छन् । साथै तस्वीरमा उनीहरू आफ्नो प्रेममा निकै खुलेका छन् ।


Advertisement

पछिल्लो समय उनीहरू दुवैलाई औपचारिक तथा अनौपचारिक कार्यक्रममा एकसाथ देखिन थालिएको थियो । यद्यपि विगतमा विभिन्न व्यक्तिसँगको सम्बन्ध मिडियामा गसिपका रूपमा बाहिर आए पनि यो सम्बन्ध भने खासै बाहिर आएको थिएन ।

यस विषयमा नेहाले यसअघि यी प्रेमीसँगको सम्बन्धको बारेमा केही प्रतिक्रिया सार्वजनिक गरेकी थिइनन् ।

The day He proposed to Me!! 🥰🙊😇 @rohanpreetsingh Life is more beautiful with You ♥️🙌🏼 #NehuPreet #NehuDaVyah

Posted by Neha Kakkar on Wednesday, October 21, 2020
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्