दशैंको मुखमा बढ्यो सुनको मूल्य

दशैँको मुखमा बिहीवार सुनको मूल्य बढेको छ । 

छापावाल सुन बिहीवार प्रति तोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

अघिल्लो दिन बुधवार यस्तो सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै बिहीवार तेजाबी सुनको मूल्य ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । 


Advertisement

यस दिन चाँदीको मूल्य भने  १० रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा काराेबार भइरहेको छ।  बुधवार चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्