×

NMB BANK
NIC ASIA

अजरबैजानलाई समर्थन गर्दै टर्की, तेस्रो विश्वयुद्धको खतरा

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आर्मेनिया र अजरबैजानबीचको युद्धमा अप्रत्यक्ष रूपमा जोडिएको टर्कीले अजरबैजानको पक्षमा सैनिक पठाउन सकिने बताएको छ । 

Muktinath Bank

मध्य र पश्चिम एसियामा आफ्नो साम्राज्य विस्तार गर्न खोजिरहेको टर्कीले नागोर्नो–काराबाख क्षेत्रमा नियन्त्रणका लागि आर्मेनिया र अजरबैजानबीच भइरहेको लडाइँमा समावेश भएर तेस्रो विश्वयुद्धको जोखिम निम्त्याएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अजरबैजानले सैनिक पठाउन अनुरोध गरेमा टर्कीले सहायता गर्न नहिचकिचाउने टर्कीका उपराष्ट्रपति फौत ओकतायले बताए । आर्मेनियाले बाकुको जमीनमा कब्जा गरेको आरोप पनि उनले लगाए । 


Advertisment
Nabil box
Kumari

बुधवार सीएनएनसँग कुरा गर्दै ओकतायले फ्रान्स, रुस र अमेरिकाको नेतृत्वको गठबन्धनको आलोचना गरे । यस समूहले नागोर्नो–काराबाख विवाद नसकिए हुन्थ्यो भन्ने चाहना राखेको आरोप उनले लगाए । 

Vianet communication
Laxmi Bank

यसैबीच आर्मेनियाको कब्जामा रहेका थप २१ गाउँहरूलाई स्वतन्त्र बनाएको अजरबैजानले दाबी गरेको छ । अहिलेको युद्धमा १३० वटा बस्तीलाई मुक्त गराएको उसले बताएको छ । 
आर्मेनियाले चाहिँ यो दाबीको खण्डन गरेको छ । 
 

आर्मेनियाका प्रधानमन्त्री निकोल पशिनयानले नागोर्नो–काराबाख र वरपरको क्षेत्रमा चलिरहेको युद्धको कूटनीतिक समाधान सम्भव नरहेको बताए । 

टर्कीले सेना पठाउने घोषणा गर्दा रुसले आर्मेनियाको समर्थनमा सेना पठाउनुपर्ने हुन सक्छ । रुसले खुलेर आर्मेनियाको समर्थन गरिरहेको छैन तर टर्की युद्धमा आएमा रुस चुप लागेर बस्न मिल्दैन । 
 

आर्मेनिया र रुसिबीच रक्षा सन्धि गरिएको छ र त्यसकारणले ऊ आर्मेनियाको सहायता गर्न बाध्य छ ।

रुस र टर्कीले लिबिया र सिरियाको गृहयुद्धमा एकअर्का विरुद्धको पक्ष लिएका थिए । यति हुँदाहुँदै पनि दुई देशबीच व्यापारिक सम्बन्ध कायम छ । अझ अमेरिकालाई समेत चिढ्याउँदै टर्कीले रुससँग एस–४०० क्षेप्यास्त्र प्रणाली किनेको छ ।

युद्धमा आर्मेनियालाई फ्रान्सले खुलेर समर्थन गरेको छ । यसले गर्दा टर्कीसँग उसको विवाद परेको छ । फ्रान्समा आर्मेनियाली मूलका मानिसहरूको संख्या ठूलो छ । 

युरोपमा भूराजनीतिक रूपमा सबभन्दा शक्तिशाली देश फ्रान्स र एसिया तथा युरोपको सेतुका रूपमा रहेको शक्तिशाली टर्की भिडे भने क्षेत्रीय युद्ध मात्र नभई विश्वयुद्धकै रूप लिन सक्ने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x