कैदीलाई खसीः  उपहार ढाकाटोपी

नेपाल तरुण दल संखुवासभाले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपलब्ध गराएको छ । नेपालीको महान् चाड बडादशैँका अवसरमा तरुण दलले १३० कैदीबन्दीका लागि ३० किलो बराबरको खसी उपलब्ध गराएको हो । 

तरुण दल संखुवासभाका जिल्ला अध्यक्ष टकमान घलेले कारागारका जेलर विनोद अधिकारीलाई खसी हस्तान्तरण गरे। विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सम्झिएको तरुण अध्यक्ष घलेले बताए ।


Advertisement

खसी उपहार दिन कारागार पुगेका तरुण अध्यक्ष घले, नेपाल पत्रकार महासंघ संखुवासभाका सभापति इन्द्रकुमार गिरीलगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्