स्यानिटाइजरसँग खेल्दै गर्दा आगो लागेपछि डढ्यो बालिकाको अनुहार

अमेरिकाको ओहायोमा रहेको टोलीडोमा ६ वर्षीया बालिकाले स्यानिटाइजरसँग खेल्दै गर्दा आगो लागेपछि अनुहार डढेको छ ।

इजाबेला रीयुमी नामक ती बालिकाको अनुहारमा डढेका दागहरू प्रशस्त छन् । 


Advertisement

आगो लागेपछि उनलाई तत्कालै अस्पतालतिर कुदाइएको थियो । चिकित्सकहरूले उनको ज्यान बचाए तर उनले दिनको २३ घन्टा प्रेसर गार्मेन्ट अनुहारमा लगाउनुपर्ने भएको छ । 

उनकी आमा लारिसा साफेनबर्गले अन्य मातापितालाई स्यानिटाइजरहरू त्यत्तिकै नछोड्न आग्रह गरेकी छन् । 
 


Advertisement

इजाबेला घरबाहिर आफ्ना दाइ र साथीसँग खेल्दै गर्दा घटना भएको थियो । सुसारेलाई बच्चा हेर्न छोडेर आमा लारिसा काममा गएकी थिइन् । 
 

इजाबेला स्यानिटाइजरको बोतलसँग खेल्दै थिइन् । अर्को बच्चाले लाइटर ल्याएको रहेछ र स्यानिटाइजरमा लाइटरको आगोले छुँदा धपक्क बल्यो र इजाबेलाको अनुहारै डढाइदियो ।
 

लारिसालाई सुसारेले आत्तिँदै फोन गरेपछि उनी तत्कालै अस्पताल पुगिन् । 

अस्पतालमा चिकित्सकहरूले इजाबेलाको कपडा काट्नुपरेको थियो । उनलाई पोलेर असह्य पीडा भएको थियो र त्यो साम्य पार्न औषधि दिइएको थियो । 

अस्पतालबाट छुट्टी पाएपछि इजाबेलालाई आमा लारिसाले दिनको दुईपटक डढेको ठाउँ सफा गर्नुपर्ने भएको छ । गज हटाएर नयाँ लगाइरहनुपर्छ । बच्चीलाई प्रेसर गार्मेन्ट पनि लगाउन दिइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्