मंसिर २, २०८०
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
कात्तिक ६, २०७७
यो पटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?
पहिलेको दशैंभन्दा अलिकति फरक हुन्छ । पक्कै पनि कोभिड–१९ ले गर्दा यसपटक हामीले खुलेर दशैं मनाउन पाउने छैनौं । घरबाट कतै नजाने निर्णय गरेका छौं । आफन्तहरूलाई पनि यसपटक टीका लगाउन नआउनुस् भनेका छौं । वास्तवमा यो पटकको दशैं सुनसान हुने भयो ।
योपटक दशैंमा मिस भएको कुरा के हो ?
आफन्तसँगको भेटघाट, रमझम ।
जिन्दगीमा बिर्सिन नसकेको दशैं सम्झना ?
बुवा खस्नुभएको वर्ष । त्यो वर्ष असाध्यै नराम्रो लागेको थियो । सधैँ टिका लगाएर आशीर्वाद दिने मान्छेलाई अबदेखि कहिल्यै देख्न पाउने छैनौं भनेर असाध्यै यादले सतायो । आज पहिलोपटक भन्दैछु, मलाई त्यसपछिका हरेक दशैं शून्य लाग्न थालेको छ ।
दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?
सबै कामबाट अलिकति भएपनि ब्रेक मिल्छ र परिवारसँग केही समय बिताउने मौका पाइन्छ ।
दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?
दशैंमा बच्चा बेला जस्तो उत्साह हुँदैन । त्यसपछि आवश्यक पर्दा सपिङ गर्ने, आवश्यक परेन भने नगर्ने हुन थाल्यो ।
दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?
दशैंको नराम्रो पक्ष छैन । यसका सबै राम्रा पक्ष छन् । शायद त्यही भएकाले यसलाई बडा दशैं भनिएको हुन सक्छ । दशैंका बेलामा मानिसहरू धेरै फ्री हुने र त्यो समयमा खानपान, जुवातास, रमाइलो गर्ने चलन छ । रमाइलो गर्दैगर्दा अलिकति ध्यान दिए हुन्थ्यो भन्ने मात्रै मेरो कुरा हो ।
दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?
दशैं मनाउने तरिका परिवर्तन भएको त होइन तर, आधुनिकताले पहिलाभन्दा यसको महत्त्व कम हुँदै गएको जस्तो मैले अनुभव गरेकी छु । तर, मेरो र मेरो परिवारका लागि दशैं सधैँ उस्तै रमाइलो पर्व हो ।
दशैंका बेला खानपानमा खासै ध्यान दिएको पाइँदैन नि ?
चिल्लो पिरोबाट जोगिनुपर्छ । अर्को कुरा जे खाँदा पनि लिमिटमा रहेर सेवन गर्न सकियो भने स्वस्थ हुन सकिन्छ ।
सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?
काठमाडौं बस्ने भएकाले दशैंमा गाडी चढेर बुवाको घर, मामाघर गइन्थ्यो, त्यो नै खुशी लाग्ने यादहरू हुन् ।
दशैँका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?
मलाई गाउँमा गएर दशैंको टीका लगाएको असाध्यै मन पर्छ । गाउँको पन, गाउँको माया, गाउँबाट पाइने आत्मीय व्यवहारलगायत धेरै कुरा मन पर्छ ।
शायद, शहर हो परिवर्तन हुँदै गयो । गाउँ कहिल्यै आफ्नो कुरूप अनुहार देखाउन सकेन ।
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...