२६ जेठ २०८३, मंगलबार

डोल्पाले पायो पहिलोपटक एउटा भेन्टिलेटर

कात्तिक ६, २०७७
डोल्पाले पायो पहिलोपटक एउटा भेन्टिलेटर
फाइल फोटो

डोल्पाको एकमात्र जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान गरिएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्र जडान गरिएको हो ।

प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बूढा र सामाजिक विकासमन्त्री दल रावलको पहलमा भेन्टिलेटर प्राप्त भएको अस्पतालका प्रमुख डा सिजन रावलले जानकारी दिए ।

विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्न अक्सिजन सिलिण्डर भरपर्दो हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्