ओबामाले भने – भोट बाइडेनलाई हाल्नुहोस् !

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बुधवार चुनावी भेलालाई सम्बोधन गर्दै बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पको कठोर आलोचना गरेका छन् । 

‘मैले पुनः निर्वाचन लड्दा मसँग गोप्य चिनियाँ बैंक खाता भएको भएको भए के हुन्थ्यो होला ? उनीहरूले मलाई बेइजिङ ब्यारी भन्थे होलान्,’ उनले फिलाडेल्फियामा भने ।


Advertisement

जो बाइडनका लागि चुनाव प्रचार गरिरहेका ओबामाले ‘ट्विटरमा ट्रम्पले राख्ने गरेका षड्यन्त्र सिद्धान्तहरू दिनदिनै झूटो बोल्ने बौलाहा काकाले पनि सहन नसक्ने किसिमका छन्’ भने । 

उनले पेन्सिल्भेनिया जस्तो महत्त्वपूर्ण स्विङ स्टेटका मतदातालाई मत दिन आग्रह गरे । 


Advertisement

‘जो र कमलाले शासन चलाउन पाए भने दिनको एउटा बौलाहा कुरा तपाईंहरूले सुन्नुपर्ने छैन । अनि त्यसको महत्त्व निकै छ,’ उनले भने । 
 

बाइडन र ह्यारिसले जितेमा जसलाई पनि अपमान गर्दै हिँड्ने र जेलको धम्की दिने राष्ट्रपतिबाट छुटकारा पाउने ओबामाले बताए । ‘राष्ट्रपतिले गर्ने किसिमको व्यवहार त्यो हैन,’ उनले भने ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्