काठमाडौंबाट गैँडाको खागसहित एक पक्राउ

नेपाल प्रहरीले गैँडाको खागसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरीका ४९ वर्षीय राजेन्द्र रिजाललाई आज अपराह्न पक्राउ गरेको हो ।

रिजाललाई काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित पासाङल्हामु चोक नजीक गैँडाको खाग बोकेर हिँडिरहेका अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्