क्यान्सर पीडितको सहयोगका लागि भीरकोटका युवाहरूले जुटाए डेढ लाख

भिरकोट युवा आवाजले एक क्यान्सर पीडितको सहयोगको लागि झन्डै डेढ लाख भन्दा बढी रकम संकलन गरेको छ ।

केही समय अगाडि मात्र स्थापना भएको युवा आवाजले अभियान सुरु भएको एक हप्ताभित्रै उक्त रकम संकलन गर्न सफल भएको हो।


Advertisement

भिरकोट नगरपालिका-०५ स्थित चाप्पानी निवासी शेर बहादुर अर्याल (क्षेत्री) की २० वर्षीया छोरी अनिशा अर्याल विगत केही महिनादेखी क्यान्सरसँग लड्दै काठमाडौको सिभिल सर्भिस हस्पिटलमा उपचाररत रहेको खबर आएपछि अभियान संचालन गरिएको थियो ।

भिरकोट नगरपालिकाको स्वीकृतिमा रकम संकलन अभियान सुरु गरेको युवा आवाजले रकम संकलनको लागि घरदैलो तथा अनलाईन सिस्टमको तरिका अवलम्बन गरेको थियो।


Advertisement

बुधवार एक कार्यक्रमको आयोजना गरेर नगरप्रमुख छायाँराम खनाललाई रकम हस्तान्तरण गरेको छ ।

पीडितको उपचारमा आर्थिक सहयोग पुग्ने उद्देश्यका साथ रकम संकलन गरिएको अभियन्ता दिनेश अर्यालले बताए ।

उनका अनुसार यो रकम संकलनको पहिलो चरण भएको तथा विभिन्न ठाउँमा हेल्प डेस्कको स्थापना गरेर दोस्रो चरणको अभियान छिटै नै संचालन गरिनेछ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्