×

NMB BANK
NIC ASIA

महाभारतको प्रेमकथाः पाण्डव दाजुभाईसँग विवाह गर्नुभन्दा पहिले अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ ।
तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो ? महाभारतको कथाबारे जानकारहरुलाई सुन्दा अचम्म लाग्दा, द्रौपती अर्जुनसँग नभइ दानवीर भनेर चिनिने कर्णलाई प्रेम गर्थिन् । तर आफ्नो पिता द्रुपदको भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञा र मान–सम्मानका कारण द्रौपदी र कर्णले कहिले पनि एकअर्काको मनको कुरा भन्न पाएनन् ।

Muktinath Bank

पांचाल देशका राजा द्रुपदकी छोरी भएका कारण द्रौपदीसँग जोडिएका थुप्रै कुराहरु थुप्रै राज्यमा फैलिएको थियो । द्रौपदीको सुन्दरता, बुद्धि र विवेकलाई देखेर धेरै राज्यका राजा उनीमाथि मोहित थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर महारथी कर्णलाई द्रौपदीको निडर स्वभाव निकै राम्रो लाग्थ्यो । द्रौपदी आफ्ना साथीहरुसँग घुम्नका लागि आउने गर्दथिन् । द्रौपदीलाई देख्ने बित्तिकै कर्ण पनि उनीप्रति मोहित भए ।


Advertisment
Nabil box
Kumari

जब द्रौपदीको स्वयंवरका लागि राजा द्रुपदले द्रौपदीको कक्षमा दासीमार्फत महान योद्धाहरुको चित्र पठाएका थिए, त्यसमा कर्णको पनि चित्र थियो । किनभने दुर्याेधनका साथी भएका कारण सबैले कर्णलाई सम्मान गर्दथे र उनलाई पनि राजसी खानदान झैं मान्दथे ।

Vianet communication
Laxmi Bank

द्रौपदी कर्णको चित्र देखेर उनलाई मन पराउन लागिसकेकी थिइन् । जब स्वयंवरको दिन आयो, द्रौपदीको दृष्टि सबै राजा र पाण्डवमध्ये कर्णलाई खोजिरहेका थिए ।

द्रौपदीलाई उनका पिता राजा द्रुपदले भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञाको बारेमा पहिले नै बताइसकेका थिए । यसका साथै द्रौपदीलाई यो पनि थाहा भइसकेको थियो कि कर्ण एक सूतपुत्र हुन् र यदि उनको विवाह कर्णसँग भयो भने उनी जीवनभरी एक दासको पत्नीको रुपमा चिनिने छिन् ।

यसका साथै कर्णसँग विवाह गरेपछि आफ्नो पिताको प्रतिज्ञालाई पूरा गर्न उनले सहयोग गर्न पाउँदिनन् । यही दुविधामा रहेर द्रौपदीले आफ्नो मनको सट्टा दिमागको कुरा सुन्दै कर्णसँग विवाह गर्ने आफ्नो भित्रि इच्छालाई त्यागेकी थिइन् ।

आफूसँगै निराश भइसकेकी द्रौपदीले स्वयंवरमा एउटा कठोर निर्णय लिँदै कर्णलाई सूतपुत्र भनेर उनलाई अपमानित गरेकी थिइन् । द्रुपद पुत्रीले सभामा आफू एक सूतपुत्रसँग विवाह गर्न नसक्ने बताएकी थिइन् ।

यस प्रकारले कर्णलाई निकै आघात पर्यो कि द्रौपदीजस्ती निडर र क्रान्तिकारी सोच राख्ने महिला उनको जातको आधारमा यस्तो प्रकारको अपमान गर्न सक्छिन् ।

स्वयंवरमा द्रौपदीबाट अपमानित भएपछि कर्णको मनमा द्रौपदीका लागि घृणा र रिस भरिसकिएको थियो । जबकी द्रौपदी आफ्नो यो शब्दको सत्य जान्दथिन् । पाँच पाण्डवसँग विवाह भइसकेपछि पनि द्रौपदीले कहिले पनि कर्णलाई आफ्नो मनबाट निकाल्न सकेकी थिइनन् ।

जब पासाको खेलमा पाण्डव आफ्नो सबैकुरा हार्दै द्रौपदीलाई दाउमा राखेका थिए तब दुर्याेधनले दुशासनलाई द्रौपदीको वस्त्र हरण गरेर आफ्नो काखमा राख्ने आदेश दिएका थिए । यतिबेला सबैजना खेलको नियम यस्तै भएको भन्दै मौन थिए जबकी द्रौपदीलाई सभामा उपस्थित कर्णको सहायताको आशा थियो । तर आत्मग्लानी भएका कारण द्रौपदीले कर्णसँग सहायता मागिनन् । उता कर्ण पनि स्वयंवरमा आफ्नो अपमानको प्रतिशोध लिनका लागि मौन थिए ।

जब असंख्य बाण लागेपछि भिष्म पितामहा मृत्युशैय्यामा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका थिए, त्यतिबेला महारथी कर्ण भिष्मलाई भेट्न गएका थिए । उनले भिष्मलाई द्रौपदीसँग आजीवन प्रेम गर्ने गरेको बताए । जब उनी आफ्नो प्रेम कहानीसँग जोडिएको विभिन्न घटनाहरु भिष्मलाई बताइरहेका थिए, त्यति बेला द्रौपदीले ती कुराहरु सुनिरहेकी थिइन् । त्यतिबेला द्रौपदीलाई पनि थाहा भयो कि उनले मात्र नभई कर्णले पनि आफूलाई धेरै माया गर्ने गरेको थाहा पाएकी थिइन् ।

भूमिबाट पाएको श्रापका कारण युद्धको समय कर्णको रथ भूमिमा भास्सियो । यसका साथै उनले मन्त्र पनि बिर्सिसकेका थिए । यसकारण उनले आफ्नो रक्षा गर्न सकेनन् र अर्जुनले पछाडिबाट प्रहार गर्दै कर्णलाई मृत्युको मुखमा पुर्याए । यसरी द्रौपदीका श्रीमान (अर्जुन)ले उनको प्रेमलाई सदाको लागि अन्त्य गरिदिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x