यी हुन् ५ लाख वा सोभन्दा बढी कोरोना संक्रमित रहेका १३ देश (तथ्यांकसहित)

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या बढ्ने क्रम जारी छ । बिहीबारसम्म संक्रमितको संख्या ४ करोड १७ लाख ३४ हजारको हाराहारीमा पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यस समाचारमा ५ लाख वा सो भन्दा बढी संक्रमित रहेका देशको तथ्यांक प्रस्तुत गरिएको छ । तथ्यांकअनुसार १३ देशमा ५ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

जसमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८६ लाख ७ हजारको हाराहारीमा संक्रमित रहेका छन् ।
यसैगरी भारतमा ७७ लाख ५६ हजार, ब्राजिलमा ५३ लाख ३ हजार, रसियामा १४ लाख ६३ हजार, स्पेनमा १० लाख ४६ हजार, अर्जेन्टीनामा १० लाख ३७ हजार, कोलम्बियामा ९ लाख ८१ हजार, फ्रान्समा ९ लाख ५७ हजार,


Advertisement

पेरुमा ८ लाख ७६ हजार, मेक्सिकोमा ८ लाख ६७ हजार, युकेमा ८ लाख १० हजार, साउथ अफ्रिकामा ७ लाख ८ हजार र इरानमा ५ लाख ५ लाख ५० हजार संक्रमित रहेका छन् ।

यी बाहेकका अन्य देशमा ५ लाख भन्दा कम संक्रमित रहेका छन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्