माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
रूपन्देहीको सैनामैना नगरपालिका–११ वनभुसडीकी राधिका भुसालले यसपालि दसैंमा २० वटा खसीबोका बेचिन् ।
अझै १५ वटा खसी बेच्न तयार भएका छन् । खसीबोका बेच्न उनी कतै धाउनु पर्दैन । उनी आबद्ध मुहान महिला सहकारी संस्थाले तयार भएका सबै खसीबोका बेचिदिन्छ । चुलोचौकोमा सीमित राधिकाले सात वर्षयता बाख्रा पाल्न थालेकी हुन् । अहिले उनीकहाँ दुई सय बाख्रा छन् ।
‘सहकारीबाटै ऋण लिएर बाख्रापालन थालेकी थिएँ,’ उनले भनिन्, ‘सहकारीकै सहयोगमा बर्सेनि बाख्राको संख्या बढाउँदै गएकी छु । सैनामैना–१० सालझन्डीकी विमला सोमरेले दसैंमा १६ वटा खसीबोका बेचिन् । सबै खसीबोका सहकारीले नै बेचिदिएको उनले बताइन् । १६ वटा माउबाख्रा पालेकी उनका १० वटा अरू पाठापाठी पनि छन् ।
सैनामैनामा महिला आबद्ध उपहार र मुहान सहकारी संस्थाले बाख्रापालन र बिक्रीवितरण गर्छन् । दसैंका लागि दुई हजार खसीबोका बिक्री गर्दै छन् । यसबाट २ करोड रुपैयाँ बराबरको आम्दानी गर्ने लक्ष्य रहेको मुहान सहकारीकी सचिव लक्ष्मी रेग्मीको भनाइ छ । लुम्बिनी प्रदेशमा महिलाद्वारा सञ्चालित ८७ सहकारी संस्थाले व्यावसायिक बाख्रापालन गरेका छन् । यसअन्तर्गत करिब ४३ हजार महिला बाख्रापालनमा संलग्न छन् । आफ्ना सदस्यले पालेका बाख्राका खसीबोकासमेत सहकारीले नै बेचबिखन गरिदिने गरेका छन् ।
यसपालि दसैंमा मात्रै उनीहरूले ६० हजार खसीबोका बेच्दै छन् । जसमा ४० हजार जिल्लाबाहिर र २० हजार जिल्लाभित्रै बिक्री गर्ने लक्ष्य छ । यसबाट ६० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ । त्यसमध्ये मंगलबारसम्म ६० प्रतिशत खसीबोका बिक्री भएको महिला सहकारी सञ्जालको तथ्यांक छ । सञ्जालका अनुसार दसैंमा बाँके र बर्दियाबाट ९/९ हजार, दाङ र पाल्पाबाट ५/५ हजार खसीबोका बिक्री गरिँदै छ । अर्घाखाँचीबाट ४ हजार, प्यूठानबाट ३ हजार, गुल्मीबाट २ हजार ५ सय, रूपन्देहीबाट २ हजार र कपिलवस्तुबाट १ हजार गरी ४० हजार ५ सय खसीबोका जिल्लाबाहिर बिक्री हुँदै छन् ।
पाल्पा र बाँकेमा १५/१५ महिला सहकारीले बाख्रापालन गरेका छन् । बर्दिया र अर्घाखाँचीमा ९/९ वटा, दाङमा ८, प्यूठान र पाल्पा ५/५, रूपन्देहीमा ३ र कपिलवस्तुमा एक महिला सहकारीले बाख्रापालन गरेका छन् । ती सहकारी आफैंले खसीबोकासमेत बेच्ने गरेका छन् ।
यस वर्ष यी सहकारीको १ अर्ब १० करोडको कारोबार गर्ने लक्ष्य छ । गत वर्ष यी सहकारीले ७० हजार खसीबोका बिक्री गरेका थिए । त्यसबाट ७० करोडको कारोबार भएको थियो । महिला सहकारीले उत्पादन गरेका बाख्राको बजार प्रवर्द्धनमा हेफर इन्टरनेसनल नेपालले सघाएको छ । संस्थाका प्रदेश संयोजक अनन्त सिलवालले महिलालाई उपहारका रूपमा बाख्रा दिएर १९ वर्षदेखि संस्थाले बाख्रापालनमा लाग्न प्रेरित गरेको बताए । अहिले प्रदेश सरकार र स्थानीय तहले समेत बाख्रापालनमा सघाएका छन् ।
गुल्मीका ५, बाँकेका २ र पाल्पाको तानसेन नगरपालिकाले अनुदानका रूपमा बाख्रा दिएर महिला सहकारीलाई बाख्रापालनमा लगाएका छन् । बाख्रापालनमा लागेका महिलाका लागि अनुदान र बजार प्रवर्द्धनका कार्यक्रम ल्याएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बताइन् ।
खस्कियो बजार
बाँकेका महिला किसानले गत वर्ष दसैंमा पाँच हजार खसीबोका संकलन गरेर काठमाडौंदेखि अन्य सहरसम्म लगेर बेचे । तर कोरोना महामारीका कारण यस वर्ष दुई हजार खसीबोका पनि बेच्न हम्मेहम्मे भएको उनीहरूले बताए । लागत मूल्य पनि नपाएपछि महिला किसान अहिले निराश छन् । यहाँका महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौंलगायतका सहरमा पठाउने गरेका हुन् । यहाँका खसीबोका काठमाडौंको कलंकीस्थित खसी बजारसम्म पुग्छन् ।
दसैं र तिहारलाई लक्ष्य गरी अहिले विभिन्न सहकारीमा आबद्ध महिलाले थोरै भए पनि खसीबोका बजारमा पठाउन लागेको सामाजिक उद्यमी जिल्ला सहकारी संघका अध्यक्ष एमीकुमारी बोहराले बताइन् । उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध १५ वटा सहकारीका १२ हजार सदस्य महिलाले उत्पादन गरेका २ हजार ५ सय खसीबोका काठमाडौं पठाउन लागिएको उनले जानकारी दिइन् । ‘असोजभित्र ७ सय ५० वटा खसीबोका काठमाडौं पठाएका छौं,’ उनले भनिन्, ‘अष्टमीसम्म थप १ हजार ५ सय खसीबोका काठमाडौं पठाउने सोच छ ।’ किसानलाई मर्का नपर्ने गरी जिउँदो खसी प्रतिकिलो ५ सय १५ देखि ५ सय ३५ रुपैयाँका दरले खरिद गर्दै आएको उनले सुनाइन् ।
गत वर्षको दसैंमा काठमाडौंमा १ हजार ७ सय खसीबोका पठाएका उनीहरूले खसीको शारीरिक बनोट हेरेर मूल्य निर्धारण गर्ने गरेका छन् । उनीहरूले बाँकेको खजुरा र बैजनाथ, राप्तीसोनारी गाउँपालिकाको बैजापुर, कुसुम, बिनौना, कचनापुर, ढकेरी, शमशेरगन्ज, रनियापुर खजुरा र एफगाउँको सहकारीबाट खसीबोका संकलन गरेका हुन् । जसमा राप्तीसोनारीका ९ वटै वडाबाट खसीबोका संकलन गर्ने गरिएको परिवर्तन सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सुनिता खाँडले बताइन् । उनको सहकारीले २ सय ५० वटा खसीबोका संकलन गरेको छ । खसीबोकाको भाउ बढ्न नसकेपछि समयमा टार्गेट पूरा हुन नसकेको संघका व्यवसाय प्रबन्धक नवीन साहूको भनाइ छ ।
नेपाल खाद्य संस्थानले यस वर्ष किसानबाट खसीबोका नकिन्ने भएपछि किसान थप सकसमा परेका हुन् । गत वर्ष पनि खसीबोका नकिनेको संस्थानले यस वर्ष केन्द्रबाट स्वीकृति नपाएपछि किसानका खसीबोका खरिद नगर्ने निर्णय गरेको खाद्य संस्थान नेपालगन्जका प्रमुख निर्मल थापाले बताए । ‘काठमाडौं लैजान दाङबाटै सजिलो हुने भएकाले तीन वर्षदेखि बाँकेबाट खसीबोका संकलन गरेका छैनौं,’ उनले भने, ‘लागत मूल्यअनुसार दाङबाट ढुवानी सस्तो पर्ने भएकाले उतैबाट खरिद गरेका हौं ।’ कान्तिपुर दैनिकमा अमृता अनमोल र रूपा गहतराजले खबर लेखेका छन् ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...