शपथग्रहण कार्यक्रममै लाठी हानाहान

नेकपा पर्साको विन्दवासनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा बिहीबार दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र तीन जना सामान्य उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

विन्दवासनी–५ परसौनीभाठामा नेकपाको गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूहरूलाई सहभागी नगराएको भन्दै विरोध जनाएका थिए । उनीहरूले कार्यक्रम स्थलमा प्रवेश नपाएपछि विवाद बढेको थियो । विवाद चर्केपछि लाठी र भाटा हानाहान भएको थियो ।


Advertisement

पर्साका डीएसपी मनोजित कुँवरले कार्यक्रमबारे पूर्वजानकारी नगराइएकाले त्यहाँ प्रहरी नपुगेको बताए । ‘झडपको खबर पाउनासाथ प्रहरी परिचालन गरिएको छ,’ उनले भने । लाठी प्रहारबाट टाउको फुटेका परसौनीभाठा निवासी मुकेश चौरसियाको स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए । दुई पक्षबीच झडप भए पनि शपथग्रहण कार्यक्रम रोकिएको थिएन । पार्टी अध्यक्ष प्रभु हजराले दुःखदायी घटना भएको बताए ।

‘विन्दवासनीमा गलत भएको छ,’ उनले भने, ‘दुई विशाल पार्टी मिलेर भएको एकतामा केही नयाँ मान्छे पनि आएका छन् । पार्टीमा अझै सिस्टम बसिसकेको छैन । एकताको सन्देश दिन आवश्यक छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्