×

NMB BANK
NIC ASIA

अब विदेशी च्यानल विज्ञापनरहित

कात्तिक ७, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न पाइने छैन । गत वर्ष कात्तिक ८ गते प्रमाणीकरण भएको विज्ञापन (नियमन) ऐन, २०७६ मा भएको व्यवस्थाबमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलको प्रसारण गर्नुपर्ने छ ।

Muktinath Bank

नेपाली विज्ञापन बजारको प्रवद्र्धन गर्ने उद्देश्यसहित विज्ञापन ऐनमै विदेशी च्यानलमा विज्ञापन प्रसारणमा रोक लगाउने गरी व्यवस्था गरिएको हो । ऐनले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन प्रमाणीकरण भएको मितिदेखि एक वर्षभित्र अर्थात् २०७७ कात्तिक ७ सम्मको समय उपलब्ध गराएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऐनअनुसार शुक्रबार रातिसम्म विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले विज्ञापनरहित च्यानल प्रसारण गर्नुपर्ने छ । त्यस्तै विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले अबदेखि डबिङ गरेर पनि प्रसारण गर्न पाउने छैनन् ।


Advertisment
Nabil box
Kumari

कानुनमा भएको व्यवस्थाअनुसार शुक्रबारदेखि विज्ञापनरहित प्रसारण लागू भएको र त्यसैअनुसार पूर्ण रूपमा सहयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालालाई आग्रह पनि गरेको छ ।

Vianet communication
Laxmi Bank

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तोकिएको मितिमा विज्ञापनरहित प्रसारण नभएमा कानुनअनुसार हुने व्यहोरा यसअघि नै सरोकारवालालाई
गराइसकेको जानकारी दिनुभयो । विज्ञापन ऐनले शुक्रबारपछि विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापन प्रसारण भएमा पाँच लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरेको छ ।

क्लिन फिडसहित विज्ञापन ऐनमा भएका सम्पूर्ण व्यवस्थालाई कार्यान्वयन गराउन सरकारले विज्ञापन बोर्ड पनि गठन गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका डिलाराज शर्माको अध्यक्षतामा बोर्ड गठन गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । बोर्डले कात्तिक ८ देखि क्लिन फिड कार्यान्वयनको अवस्थाको अनुगमन सुरु गर्ने पनि उहाँले बताउनुभयो । यसका लागि अनुगमनको जिम्मेवारीसहित सम्पूर्ण किसिमका संस्थागत प्रबन्ध भइसकेको उनले बताए ।

क्लिन फिडको अभावमा विदेशी टेलिभिजन च्यानलहरूमा अहिलेसम्म निर्बाध विज्ञापन प्रसारण हुँदै आएका थिए । विदेशी च्यानलमा यसरी विज्ञापन प्रसारण हुँदा नेपालको विज्ञापन बजार विस्तारमा असर परेको ठहर गर्दै २०७३ सालदेखि क्लिन फिड लागू गर्ने विषयमा चर्चा र छलफल हुँदै आएको थियो । लामो समयको छलफलपछि सरकारले विज्ञापन ऐनमै व्यवस्था गर्दै यसको कार्यान्वयनको तयारीका लागि एक वर्षको समय उपलब्ध गराएको थियो ।

शुक्रबार तयारीको उक्त समय पूरा हुने भएको हो । यसअघि संसद्को विकास समितिले पनि कात्तिक ७ भित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिडको व्यवस्था कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै कानुनमा व्यवस्था भएबमोजिम तोकिएकै मितिमा क्लिन फिड कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x