नाजिरको ‘चिलगाडी’ घोषणा, अभिनेत्री को ?

चलचित्र ‘चिलगाडी’ निर्माणको घोषणा गरिएको छ । नाजिर हुसेनको मुख्य भुमिका रहने यो चलचित्र आज फूलपातीको अवसर पारेर घोषणा गरिएको हो ।

चलचित्रलाई जनकदिप पराजुलीले निर्देशन गर्ने भएका छन् भने रघु्नाथ सापकोटाले निर्माण गर्न लागेका हुन् । चलचित्र निर्माणमा १ करोड खर्च हुने निर्माण पक्षको अनुमान छ ।


Advertisement

चलचित्रमा नाजिरको अपोजिटमा कुन हिरोइन रहने भन्ने फाइनल भएको छैन । तर, चलचित्रका लागि निर्माण पक्षले आँचल शर्मा, केकी अधिकारी लगायतका हिरोइनसँग मिटिङ बसेको बजारमा चर्चा छ । तर, दुबै पक्षबाट केहि विषयमा कुरा नमिलेपछि यी दुबै हिरोइन प्रोजेक्टमा नरहने स्रोतको दाबी छ ।

सागर प्रधानको छायांकन रहने चलचित्रमा अब कुन हिरोइन रहने भन्ने कुरा दशैँपछि मात्रै फाइनल गर्ने निर्माण पक्षको भनाई छ । चलचित्रको अधिकांश भाग पहाडी भाग र काठमाडौंमा खिचिनेछ ।


Advertisement

आगामी फागुनबाट छायांकनमा जाने चलचित्रलाई अर्को बर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ । चलचित्रको कथा यम थापाले लेखेका हुन् । चलचित्रले एउटा युवाको सपना बोल्नेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्