लडाईंको समयबाहेक विदेशी गुप्तचरसँग प्रधानमन्त्रीको भेटलाई जायज मान्न सकिँदैन– गगन थापा

फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट भएको आरोप लगाएका छन् ।

उनले भारतीय गुप्तचरसँग प्रधानमन्त्रीको भेटघाटलाई कूटनीतिक मर्यादाको उलंघन भनेर सामान्य त्रुटिका रूपमा प्रस्तुत गर्न नहुने बताए । 


Advertisement

सामाजिक सञ्जाल ट्विटरमा शुक्रवार एक सन्देश लेख्दै नेता थापाले सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको भन्दै यसको अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उलंघन भनेर सामान्य त्रुटिका रूपमा प्रस्तुत गर्न खोजिएको छ । सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ, यसको अनुसन्धान हुनुपर्छ’ थापाले लेखेका छन् ।


Advertisement

दुई पाना लामो वक्तव्यमा नेता थापाले लडाईंको समय (वार टाइम)बाहेक विदेशी गुप्तचर प्रमुखसँग प्रधानमन्त्री या राजनीतिक नेतृत्वको भेटलाई जायज मान्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले कात्तिक ५ गते बुधवार शिष्टाचार भेट गरेको बालुवाटारले पुष्टि गरेको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्