चाडपर्व मनाउने अवस्था छैन, संयमित हुनुस् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गर्दै चाडपर्व मनाउन अपिल गरेका छन् । 

शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले दशैं, तिहार तथा छठ पर्वका लागि शुभकामना व्यक्त गर्दै सुरक्षाका मापदण्डको पालना गर्दै चाडपर्व मनाउन अपिल गरेका हुन् । 


Advertisement

उनले कोरोनाका कारण अहिले चाडपर्व मनाउने अवस्था नभएको भन्दै उनले संयमित हुनुपर्ने सन्देशमा बताएका छन् । 

अध्यक्ष प्रचण्डले नेपाली समुदायले मनाउने विभिन्न चाडपर्वले आपसी संहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्ने समेत जनाएका छन् । 


Advertisement

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्