मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
यो पटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?
घरमै परिवारसँग बसेर दशैं मनाउँदै छु । पहिलेजस्तो रमाइलो त नहोला तर, समय यस्तै छ ।
यो पटक दशैंमा मिस भएको कुरा के हो ?
यसपटक मिस गरेको शुभकामना आदानप्रदानका समारोहहरू, साथीहरूसँगको भेटघाट र उनीहरूसँगका रमाइला कुराकानीहरू । टीका थाप्न जाने कार्यक्रमहरू, मेरो पार्टीको विशाल शुभकामना आदानप्रदान समारोह, यस्तै कुराहरू हुन् ।
जिन्दगीको सबैभन्दा सम्झनलायक दशैं कुन होला ?
बाल्यकालको दशैं नै हो । हरेक दशैं मा नयाँ लुगा किन्नु र त्यो कपडा लगाएर गाउँभरि घुम्नु, अनि टीका थापेर पाएको पैसा पटक–पटक गन्नु र पैसाअनुसार के चिज किन्ने भनेर योजना बनाउनु लगायतका यादहरूका कारण मेरा लागि ती दशैंहरू आजपनि ताजा छन् । र, मानसपटलमा घुमिरहन्छन् ।
दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?
धेरै कुराहरू महत्त्वपूर्ण छन् । यसका धार्मिक पक्ष, सांस्कृतिक पक्ष र सामाजिक पक्ष । यी तीनै पक्ष उत्तिकै महत्त्वपूर्ण छन् । धार्मिक सामाजिक सांस्कृतिक जे भनेपनि हाम्रा मान्यजनबाट टीका ग्रहण गरेर प्राप्त गर्ने आशिर्वाद नै हो । यसले सम्बन्धमा सद्भाव, मानव हृदयमा सहिष्णुता, मानिसमा अनुशासन निर्माण गर्छ भन्ने लाग्छ ।
दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?
पहिले–पहिले सपिङ गर्थें अब त गर्दिनँ । पहिलेकै जे छ त्यही लगाउँछु, सामान्य खानेकुरा खान्छु । म दशैंभर माछामासु खाँदिन त्यसैले अब त सबैकुराहरू छुटेका छन् । कहिलेकाहीँ बच्चाहरूलाई केही किनिदिन्छु । भाइबहिनीहरूलाई, मामुबुवालाई किनिदिन्छु । उपहार किनिदिन्छु । त्यति नै हो ।
दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?
दशैंका राम्रा पक्ष नै धेरै छन् । नराम्रा पक्ष खासै देख्दिनँ । पहिले हुने खानेलाई दशैं नहुनेहरूलाई दशा भनिन्थ्यो तर, आजभोलि मानिसहरूले बुझे, अब खासै त्यस्तो अवस्था छैन । सरकारले समाजवादउन्मुख अर्थनीति लिएको छ । संविधानमै किटान गरिएको छ भने अब सबैले बराबर रूपमा दशैं मनाउने समय आउँदैछ । अब देखासिकी गरेर दशैं मनाउने अवस्था पनि छैन । मानिसले बुझेका छन् । मलाई अलिकति बलिपूजामा चित्त भारी हुन्छ । तर, चलिआएको प्रथालाई एकैपटक रोक्न पनि नसक्ने अवस्था छ । जब मानिसले बुझ्नेछन्, शायद त्यसपछि यसमा परिवर्तन आउन सक्ला । यही हो ।
दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?
समयानुसार दशैं मनाउने तरिका फरक होलान् । तर, धार्मिक र केही सामाजिक मूल्यमान्यता उही रहन्छन् र रहनुपर्छ । बाजेले नातिलाई नै हो टीका लगाइदिने नातिले बाजेलाई लगाइदिने दिन त नआउला । दशैंमा देवीकै पूजा आराधना गरिन्छ । त्यसैले खासै परिवर्तन नहोला । त्यही जुवातास खेल्नेचाहिँ परिवर्तन हुन सक्ला ।
दशैंका बेला खानपानमा खासै ध्यान दिएको पाइँदैन नि ?
दशैंमा अर्काे महत्त्वपूर्ण कुरा खानाका परिकारहरू नै हुन् । विशेष गरेर मासु त्यसमा पनि खसीको पक्कु, पहिले बनाएर लगातार खाइराख्ने । स्वास्थ्य राम्रो भए त खाँदा फरक पर्दैन । दशैं हो दुईचार दिन मज्जाले खान्छु भनेपनि फरक पर्दैन । आफ्नो स्वास्थ्य हेरेर खाने हो । खाएर फेरि परिवारलाई नै दुःख भएमा मज्जा आउँदैन । त्यसैले खानुस्, तर आफ्नो अवस्था हेरेर । अहिले त झन् कोरोना छ खानामा विषेश ध्यानदिनुर्यो । बिरामी भएपछि अस्पताल जानुपर्छ । दुःख हुन्छ आफूलाई, परिवारलाई साथीभाइ इष्टमित्र सबैलाई । त्यसैले यसपटक त झनै विशेष ध्यान दिनुपर्छ हामी सबैले खानपानमा ।
सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?
सानोमा पैसाको नै विशेष महत्त्व हुन्थ्यो । एकपटक मेरो हजुरबुवाले मलाई लुकाएर पैसा थप दिनुभएको थियो । त्यसपछि हजुरबुवा मलाई असाध्यै राम्रो लाग्न थाल्यो । जसले पैसा दिन्छ त्यो राम्रो लाग्ने त्यो बेलाको स्वभाव थियो । सानो छँदाका धेरै सम्झना छन् ।
दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?
सानोमा गाउँमै हुँदा हामी खुबै पिङ खेल्थ्यौं । एकपटक पिङ खेल्दा धेरै माथिबाट चिप्लिएर डोरीमा झुन्डिए बचेँ । खस्न त खसिनँ । खसेको भए शायद ढाड पक्का भाँचिन्थ्यो । त्यसपछि खासै मच्चिएर पिङ खेल्दिनँ ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...