भत्ताको लोभमा ६५ वर्षीया महिला बनिन् १४ महिनामा ८ पटक सुत्केरी !

प्रतीकात्मक तस्वीर

भारतको विहारमा ६५ वर्षीया एक महिलाले पछिल्लो १४ महिनामा ८ पटक बच्चा जन्माएकी छिन् । भारतमा जे पनि सम्भव छ भन्ने कुरा यो उदाहरणले पुष्टि गर्छ । त्यस्तै अर्की एक महिला गत ९ महिनामा ५ बच्चाको आमा बनेकी छिन ।

स्रोतको हवाला दिँदै भारतीय समाचार एजेन्सी आइएएनएसले लेखेको छ, ‘बच्चा बच्चीलाई जन्म दिँदा पाइने भत्ता लिन महिलाहरूले केही महिनामै धेरैपटक सुत्केरी भएको प्रमाण पेश गर्ने गर्छन् ।’ उनीहरूले किर्ते प्रमाण देखाउँदा १४ महिनामा आठ पटक सुत्केरी भएको देखाएका हुन् ।


Advertisement

विहारमा राष्ट्रिय स्वास्थ्य मिसनको प्रावधान अन्तर्गत प्रत्येकपटक सुत्केरी भएबापत १४ सय भत्ता पाइन्छ ।

विहारको मुजफ्फरपुरकी मुशाहरी ब्लकमा बस्ने ६५ वर्षीया लीलादेवीले गत १४ महिनामा ८ बच्चा पाएको भन्दै आफ्नो प्रोत्साहन भत्ता लिएकी हुन् । यस्तै अर्की एक महिला सोनिया देवीले पछिल्लो ९ महिनामा ५ पटक सुत्केरी भएको भन्दै भत्ता लिइन् ।


Advertisement

यी दुवै महिलाले किर्ते कागज गरेर आफू अस्वाभाविक रूपमा सुत्केरी भएको बताएर भत्ता लिएका हुन् ।  

मुजफ्फरपुरका जिल्ला अधिकारी चन्द्रशेखर सिंहले यो विषयमा जाँच गर्न अतिरिक्त जिल्ला मजिस्ट्रेटको अध्यक्षतामा उच्चस्तरीय जाँच समितिको गठन गरेका छन् ।

सिंहले भनेका छन् – ‘यी महिलाहरूलाई कसैले प्रयोग गरेको जस्तो लाग्छ । यस्तो किर्ते काम गर्न सरकारी अधिकारीहरू नै सामेल हुन सक्छन् । हामीले जाँच समितिको गठन गरेका छौं, त्यसले छानबिन गर्छ ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्