×

NMB BANK
NIC ASIA

६९ जनाको भेन्टिलेटरमा उपचार, आज कुन जिल्लामा कति संक्रमित थपिए ?

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।  देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको छ । सो अवधिमा कोभिडबाट मर्नेको सङ्ख्या १८ छ । हालसम्म कोरोना पुष्टि भएर मर्ने ८२९ जना पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सो अवधिमा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा एक हजार ६९० महिला र दुई हजार ८०९ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म ४६ हजार ६९१ सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये ३१ हजार ७२७ जना ‘होम आइसोलेशन’मा तथा २९० जनाको सघन उपचार कक्ष र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना सङ्क्रमणमुक्त भएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र दुई हजार ७२० सङ्क्रमित थपिएका छन् । तिनमध्ये काठमाडौँका दुई हजार ३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
 अन्य जिल्लाबाट पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमा मोरङका २२३, काभ्रेपलाञ्चोकका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपरासी(बर्दघाट सुस्तापूर्व)का २८÷२८, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६÷१६ तथा धनुषा, रौतहट, सिरहा र गुल्मीका १४÷१४ छन् ।


Advertisment
Nabil box
Kumari

 यसैगरी बर्दियाका १३, बागलुङका १२, गोरखा र तनहुँका ११÷११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०÷१०, म्याग्दीका आठ, ताप्लेजुङ, बारा र महोत्तरीका सातसात, लमजुङ, कञ्चनपुर र डोटीका छ छ, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका पाँचपाँच, अर्घाखाँची, रुकुम(पश्चिम) र अछामका चारचार, सङ्खुवासभा, स्याङ्जा र जुम्लाका तीनतीन, ओखलढुङ्गा, रुकुम(पूर्व) र बैतडीका दुईदुई तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका एकएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x