अविवाहित पुरुषलाई मासिक एक हजार भत्ता

अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लागेपनि  ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताइन् । ६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्