ओली–प्रचण्डबीचको सम्बन्धमा दरार : कर्णालीमा दिए छुट्टाछुट्टै निर्देशन (पत्रसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ५ गते कर्णाली प्रदेशको विवाद मिलाउन भन्दै मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई एकल हस्ताक्षरको पत्राचार गरेपछि अर्का अध्यक्ष प्रचण्डले पनि छुट्टै निर्देशन दिएका छन् । 
पार्टीभित्र दुई अध्यक्षात्मक व्यवस्था हुँदाहुँदै ओलीले एकल हस्ताक्षर गरेर कर्णालीमा पत्राचार गरेको विषयमा नेताहरुले नै ओली–प्रचण्डबीचको सम्बन्धमा दरार आएको रुपमा चित्रित गरेका छन् । 

ओलीले ५ गते शाहीलाई दिएको निर्देशनमा भनिएको छ, अनुशासित तबरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपाका प्रदेशसभा दल कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथि तपाईँले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु ।’


Advertisement

ओलीले एकपक्षीय रुपमा यसरी निर्देशन दिएपछि प्रचण्डले पनि पार्टी प्रदेश इन्चार्ज जनार्दन शर्मालाई शुक्रबार पत्र लेख्दै प्रदेशसभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 
प्रचण्डको पत्रमा दुई अध्यक्षबीच कात्तिक ४ गते भएको छलफलअनुसार अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने सहमति भएको उल्लेख छ । 


Advertisement


प्रचण्डले पत्रमार्फत ओलीलाई काउन्टर गर्दै प्रदेशको विषय टुङ्ग्याउने अधिकार सम्बन्धित प्रदेशलाई नै भएको सन्देश दिन खोजेका छन् । पटक पटक ओलीले संघीयताको मर्मविपरीत प्रदेशका पार्टी संरचना र सरकारका काम कारबाहीमा समेत हस्तक्षेप गर्न खोजेको भनि आलोचना हुने गरेका छन् । 

 


लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्