१६ मिनेटमात्र कम सुत्दा पनि स्वास्थ्यमा पर्छ असर

कार्यालयमा राम्ररी काम गरेर दिन बित्छ र स्पष्ट दिमागका साथ काम गर्न सक्नुहुन्छ कि तनाव र व्याकुलताका कारण खराब दिन बिताउनुहुन्छ ? यी दुई परिस्थितिमा जम्मा १६ मिनेटको निद्राको अन्तर हुन्छ । 

वैज्ञानिकहरूको अध्ययनमा यही कुरा देखिएको छ । 


Advertisement

स्लीप हेल्थ नामक जर्नलमा प्रकाशित अध्ययनमा लेखिएअनुसार, कार्यालय खुल्ने दिनमा तपाईं कम सुत्नुुभयो भने काममा नकारात्मक असर पर्न सक्छ । 

साउथ फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले १३० जना स्वस्थ कर्मचारीमाथि गरेको एक सर्वेक्षणले यो कुरा देखाएको हो । आईटी सेक्टरमा ती कर्मचारी काम गर्छन् । तिनको एउटा स्कूल जाने उमेरको बच्चा समेत थियो । 


Advertisement

सर्वेक्षणमा भाग लिएका सहभागीहरूले आफू हरेक दिन १६ मिनेट मात्र कम सुत्दा पनि वा राति राम्रो निद्रा नपर्दा पनि भोलिपल्ट कार्यालयमा उनीहरूको दिमागै राम्ररी नचल्ने स्थिति रहन्थ्यो ।

निद्राको कमीका कारण उनीहरूको तनावको स्तर बढ्दा काम र जीवनको सन्तुलनमा असर परिरहेको थियो । यी सबै कारणले गर्दा उनीहरू थकान अनुभव गर्छन् र समयअगावै उठ्छन् । 

विश्वविद्यालयकी सहायक प्राध्यापक सुमी ली भन्छिन्, ‘अध्ययनले कर्मचारीहरूलाई सुत्न प्रोत्साहित गर्न कार्यालयहरूलाई सुझाव दिएको छ । पूरा निद्रामा रहने मानिसले भोलिपल्ट कार्यालयमा राम्रो काम गर्न सक्छन् । उनीहरू काममा ध्यान केन्द्रित गर्न सक्छन् र गल्ती पनि कमै गर्छन् ।’

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्