कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको बागमती गाउँपालिकाले सञ्चालन गरेको ‘जनतासँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
अहिलेसम्म करिब एक सय घरपरिवारका सदस्यले उक्त कार्यक्रमबाट रोजगार पाएका छन् ।
स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँ सभाले नै जनतासँग अध्यक्ष कार्यक्रम ल्याएको थियो । स्थानीय तहका नागरिकलाई व्यावसायिक बनाउने उद्देश्यले ल्याइएको उक्त कार्यक्रमले स्थानीयलाई मकै पिस्ने, कृषि औजार, पशुपालन, किसानलाई अनुदान लगायतका कार्यक्रमबाट व्यावसायिक बनाइएको छ ।
प्रत्यक्ष रूपमा एक सय घरपरिवार लाभान्वित बने पनि अप्रत्यक्ष रूपमा करिब पाँच सय नागरिक लाभान्वित बनेको गाउँपालिकाले जनाएको छ । “जनतासँग अध्यक्ष कार्यक्रम गाउँका नागरिकलाई व्यावसायिक र सक्षम बनाउने कार्यक्रम हो”, गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले भने, “यो कार्यक्रम स्थानीय नागरिकको सुखदुःखको साथी बनेको छ । ”
पशुपालन र कृषि कार्यका लागि बैङ्कबाट ऋण लिएका किसानलाई भने ५० प्रतिशत ब्याजमा गाउँपालिकाले अनुदान दिने, पाँचवटा दुहुनो भैँसीलाई ५० देखि ७५ हजार र पाँचवटाभन्दा माथि भैँसीपालन गर्ने किसानलाई एक लाख रुपियाँसम्म अनुदान दिने व्यवस्था गरिएको छ ।
जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी भएपछि अहिलेसम्म सम्पन्न गाउँपालिकाका तीनवटै गाउँ सभाले यस कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाका अध्यक्ष जनतासँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नागरिकको यस कार्यक्रमप्रति आकर्षण बढेको छ ।
विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने र स्थानीय किसानले पालेका पशुहरूको बीमा गर्ने लगायतका कार्यक्रम जनतासँग अध्यक्ष कार्यक्रमसँग जोडिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार विदेशबाट फर्केका युवालाई लक्षित गरी पशुपालन, तरकारी खेती, सिलाइ–बुनाइ लगायतका स्वरोजगारमूूलक कार्यक्रमसमेत गाउँपालिकाले सञ्चालन गरेको छ । प्रत्येक महिना गाउँपालिकाका सातवटै वडामा जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले गरेका विकास निर्माण, सञ्चालित योजना र बजेट कार्यान्वयनका बारेमा स्थानीय सेवाग्राहीसँग अन्तक्र्रिया गरिने भएकाले जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बनेको हो ।
“कर्मशील हात, लगनशीलता र दत्तचित्त भएर कर्म गर्ने हो भने बागमती गाउँपालिकाका बासिन्दा रोजगारीका लागि भौँतारिनु पर्दैन”, उनले भने “आफ्नो थोरै लगानीमा गाउँपालिकाले थप सहयोग गर्ने भएकाले स्वदेशमै काम गर्छु भन्नेले खाली बस्नु पर्दैन । ”
जनतासँग अध्यक्ष कार्यक्रमले योजना सञ्चालन, उपभोक्ता समिति गठन र परिचालन, खर्चको सार्वजनिकीकरण र नियमित अनुगमनमा सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिएको गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले बताइन् । गोरखापत्र दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...