×

NMB BANK
NIC ASIA

कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती

कात्तिक ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

Muktinath Bank

बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छाैं”, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भने, “होम आइसोलेनमा बसेका केही सङ्क्रमित घरबाट बाहिर निस्कन थालेको सुनिएपछि उहाँहरूको उच्च निगरानी गर्ने कामसमेत गरेका छौं । ” उनले चुनौती थपिँदै गएकाले चाडबाडका लागि थप मापदण्ड ल्याउनुपर्ने अवस्था आएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

ललितपुर र काठमाडौँ महानगरभित्र गरी दैनिक करिब एक हजार तीन सयदेखि एक हजार पाँच सयसम्म कोरोनाका सङ्क्रमित भेटिन थालेका छन् । सत्यालका अनुसार सङ्क्रमित बढ्दै गएपछि कुन घरमा कसलाई कोरोना लागेको छ भन्ने पनि छिमेकीलाई जानकारी नभएकाले छिमेकीले चाहेर पनि आवश्यक सहयोग गर्न सकेका छैनन् ।

Vianet communication
Laxmi Bank

ललितपुर महानगरले लक्षण नदेखिएका कोरोनाका सङ्क्रमितलाई घरैमा होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । सत्यालले भने, “नागरिक आफैँ सचेत नभएसम्म जबरजस्ती गरेर कोरोना रोक्न सकिँदैन । ” अब स्थानीय सरकारले मात्र चाहेर कोरोना नियन्त्रण र रोकथाम गर्न सक्ने अवस्था नभएको सत्यालको ठम्याइ छ ।

उनका अनुसार सङ्क्रमितसँग आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी कुरा गर्दैमा कोरोना सर्दैन भन्ने कुरा अहिले स्थानीयवासीले क्रमिक रूपमा बुझ्दै गए पनि व्यवहारमा अझ कार्यान्वयन हुन सकेको छैन । एकले अर्कालाई दोष मात्र लगाएर कोरोना रोकथाम नहुने भएकाले सबैले मिलेर काम गर्नुको विकल्प नभएको उनी स्पष्ट पार्छन् ।

काठमाडौँमा सचेतना
काठमाडौँ महानगरले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको टोली बनाएर टोलटोलमा सचेतना शुरू गरेको छ । कोरोना जोकोहीलाई हुन सक्ने भएकाले कोरोना लाग्दैमा आत्तिनु नपर्ने र सङ्क्रमितलाई आवश्यक सहयोग गर्न आग्रह गर्दै महानगरपालिकाले टोलटोलमा सचेतना अगाडि बढाएको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले कोरोना सङ्क्रमितलाई आवश्यक सहयोग गर्न महानगर नियमित रूपमा सङ्क्रमितसँग सम्पर्कमा रहेको जानकारी दिए । उनले भने, “सङ्क्रमितलाई होम आइसोेलेसनमा बस्दा गाह्रोसारो परे  जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरिएको छ । त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न घरघरमा पु¥याउने काम गर्दै आएका छौँ । ”  गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x