×

NMB BANK
NIC ASIA

अलैंचीले बजार नपाउँदा किसान निराश, मूल्य घट्दा थन्कियो

कात्तिक ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैंची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित  कृषक यतिबेला निराश भएका छन् ।

Muktinath Bank

अलैंचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेर समेत अलैंची लगाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैंची खेतीको विस्तार गरेका कृषकले शुरुमा भने जस्तो मूल्य पाउँदा  खेतीयोग्य जमीनमा समेत अलैंची खेती विस्तार भइरहेको छ । अहिले अधिकांश किसानले गत वर्ष उत्पादित अलैंची समेत बिक्री नहुँदा गोदाममै राखेका छन् । 


Advertisment
Nabil box
Kumari

७ वर्षअघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोकाले आफ्नो ४ रोपनी जग्गामा अलैंची खेती विस्तार गर्दा सुकेको अलैंची प्रतिकिलो २ हजार ५०० रुपैयाँमा घरबाटै बिक्री भइरहेको थियो । अलैंचीको मूल्य देखेर रोकाले धमाधम खेती विस्तार गरी २० रोपनी पुर्‍याएका छन् । अहिले भने उत्पादन भएका समयमा अलैंचीको मूल्य नपाउँदा रोका मात्रै हैन, अधिकांश किसान चिन्तित छन् ।

Vianet communication
Laxmi Bank

रोकाले पोहोर उत्पादन गरेको २ क्विन्टल सुकेको अलैंची समेत गोदाममै  छ । पोहोर अत्यधिक हिउँ परेका कारण अलैंची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो उत्पादन भएको छ । अहिले पोहोरभन्दा ७५ प्रतिशतले उत्पादनमा वृद्धि भए पनि मूल्य कम पर्ने चिन्ता रोकालाई छ । उनले पोहोर र अहिले गरेर ७ क्विन्टल अलैंची बेच्ने भए पनि हालसम्म गोदाममै थन्किएको बताए । उनका अनुसार प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ।

ताराखोला–२ अर्गलका करीब ४० कृषक अहिले अलैंची टिप्न व्यस्त छन् । गत वर्षका तुलनामा अलैंची उत्पादन ७५ प्रतिशतले वृद्धि भए पछि कृषकलाई  उत्पादन गर्न भ्याइनभ्याई छ । गत वर्ष अलैंची समेत बिक्री नभएका कारण बजारीकरणका कुरामा उनीहरूको मनमा चिसो पसिरहेकै छ ।

‘शुरूमा २ हजार ५०० रुपैयाँमा ताराखोलाबाटै बिक्री भएको अलैंची अहिले प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुनसमेत समस्या छ,’ कृषक रोकाले भने, ‘पोहोरको डेढ क्विन्टल अलैंची गोदाममा थन्किएको छ, अहिलेको बिक्री हुन के गर्ने हो ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x