×

NMB BANK
NIC ASIA

चुनाव सकिएपछि सुकुम्बासीलाई बिर्सिन्छन् नेता, हिउँदमा ओत लाग्न पुलमुनि बास

कात्तिक ८, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–११ का दलहबहादुर बोहरा पुर्वपश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहेका छन् ।

Muktinath Bank

आफूसित सम्पत्तिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेका बोहरा स्थायी बसोबास नहुँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोख्छन् । २०६२ सालदेखि टहरामा बस्दै आएका बोहरा हिउँदमा भने वनहरा पुलमुनि बास बसिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुकुम्बासी बस्ती त नामको मात्रै हो,’ उनले भने, ‘वर्षातमा बाढीको डर हुन्छ, अरु समय हाम्रो बास पुल मुनि नै हुन्छ ।’ मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरू ओत लाग्न पुलमुनि बास बस्नु परेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेको देख्छौं,’ उनले भने, ‘ती गाडीभित्रका ठुलाबडाहरू हामीलाई देखे नदेखेझै गर्छन् ।’ विगतमा मजदूरी गरेर जीविका चलाउने गरेका सुकुम्बासीहरू कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुस्किल परिरहेको दुखेसो पोख्छन् ।

Vianet communication
Laxmi Bank

‘कोरोना आएपछि त पेट पाल्न पनि धौधौ हुने स्थिति आयो,’ उनले भने, ‘विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।’

सुकुम्बासी बस्तीमा २६ परिवारको बसोबास रहेको छ । १५ वर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरू बसोबास गरिरहेको भए पनि अझै पुनःस्थापनाको कुनै सुरसार कहीँबाट नरहेको उनीहरूको गुनासो छ । ‘बस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन,’ बोहराले भने, ‘बस्ती पुनःस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरे पनि सुनुवाइ भएन ।’ 

बस्तीकी कलमती दमाईले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताइन् । ‘सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नुपर्ने बाध्यता भएको छ,’ उनले भनिन्, ‘परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।’ सुकुम्बासी बस्तीमा रहेका विद्यालय समेत जाँदैनन् । बस्तीका बालबालिका पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ ।

बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आए पनि बस्तीका हकमा भने लागू नभएको बताइन् । आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन । ‘सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरेपनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्,’ उनले भनिन्, ‘बस्तीका धेरै बालबालिकाले अझै विद्यालय देख्न पाएका छैनन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x