×

NMB BANK
NIC ASIA

सिँचाइका लागि बनाइएको पोखरी ५ वर्षदेखि सुख्खा, किसान हैरान

कात्तिक ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सिँचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा  समस्या भएको छ ।

Muktinath Bank

डडेल्धुराको अमरगढी नगरपालिका–७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीय शेर कैनीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् । बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनीको भनाइ छ । सिँचाइ कार्यालय डडेल्धुराको ३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको पोखरी स्थानीयको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीय गगन भण्डारीले बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘यस क्षेत्रका करीब १० गाउँमा सिँचाइ गर्ने योजनाअनुसार निर्माण शुभारम्भ भएको थियो तर पोखरा बजार क्षेत्र शेराखेतका वासिन्दाको विरोधका कारण योजनाले पूर्णता नपाएको हो ।’ 

Vianet communication
Laxmi Bank

पोखरी निर्माण गरिए पनि मुहानबाट पाइप विस्तार हुन नसक्दा पानी पुर्‍याउन नसकिएको स्थानीय दत्तराज जैसीले बताए । पोखरीमा पानी राख्न सके यहाँका भट्गाउँ, ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनि गाउँको हजारौं रोपनी जमीनमा सिंचाइ गरी खेतीपाती लगाउन सकिने जैसीको भनाइ छ ।

उनले भने, ‘पोखरा बजारबासीले पाइप लाइन विस्तार गर्न नदिँदा सिंचाइ गर्न समस्या भएको छ ।’ 

सिँचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन् । ‘वर्षामा ढिलोचाँडो पानी पर्छ, धान राम्रै फल्छ तर हिँउदमा आकाशे पानीको भर हुँदैन,’ स्थानीय मान भण्डारीले भने, ‘सिँचाइ अभावका कारण विगतमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै  खर्च उठाउन नसकेपछि धानबाली मात्रै लगाउने गरेका छौं ।’

किसानको सयौं हेक्टर जमिन सिँचाइ अभावकै कारण वर्षमा ७ महिना बाँझो हुन्छ । ३ बाली उब्जनी हुने जमिनमा सिँचाइ नहुँदा धानबाली मात्रै लगाउने गरिएको भण्डारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x