बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

बलात्कार प्रयास गरेको आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका २ जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।  

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मंगलवार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।


Advertisement

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलवार नै स्वास्थ्य परीक्षण भएको छ ।

प्रातः भ्रमणमा निस्किएका बेला घरदेखि ३०० मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्