कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।   

जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी गराएका छन् ।


Advertisement

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ति महिला उच्च रक्तचाप, मधुमेह र दम रोगबाट पीडित रहेको निमित्त निर्देशक झाले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्