देशभर थप २ हजार २२५ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण अनुसार थपिएका संक्रमितमध्ये १ हजार ४४६ पुरुष र ७७९ महिला रहेका छन् । १३ हजार ८४६ जनाको आरटी–पीसीआर परीक्षण गरिएको थियो ।


Advertisement

राजधानी काठमाडौं उपत्यकामा १ हजार ११० संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या २ हजार ८४६ रहेको छ । कोरोना निको हुने दर ६९.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


Advertisement

कोरोना संक्रमणपछि थप १३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । नेपालमा कोरोना मृत्युदर ०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्