सीमा क्षेत्रमा बेहोशको उद्धार गरी आफन्तलाई जिम्मा

पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ ।

 भारतको उत्तराखण्ड राज्यको  गढवालबाट मजदूरी गरी दशैं मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा र २० वर्षीय सन्तोष बुढालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।


Advertisement

“सीमा क्षेत्रमै बेहोस अवस्थामा भेटिएका दुवैलाई सामान्य उपचारपछि महाकाली अस्पतालमा भर्ना गरिएपछि होस खुल्यो”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “होस खुलेपछि परिवारजनसँग सम्पर्क गराई जिम्मा लगाएका छाैं ।” 

 दुवैले भारतीय सीमावर्ती बजार वनबासा पुगेर जुस पिएपछि बेहोस भएको बताएका छन् । लुटपाट गर्ने उद्देश्यले दुवै जनालाई जुस खुवाइएको हुन सक्ने बताइएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्