दशैंमा रौनकविहीन बन्यो थारु गाउँ

विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन बनेको छ । 

सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिराको आवाज नआउँदा यो वर्षको दशैंमा थारू गाउँ रौनकविहीन बनेको हो । कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण थारु गाउँका टोल÷टोलमा हुने सखिया नाच नभएपछि दशैंमा थारु बस्ती सुनसान बनेको छ । 
    
सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको तथा सामूहिक रुपमा घर घरमा गएर देखाइने हुँदा भीडभाड हुने भएकाले नृत्यको आयोजना नगरिएको हो ।  थारु समुदायका अगुवा वडघर, गुरुवा, केसौका, चौकीदार, गाउँका मान्यजनसँगै जनप्रतिनिधिहरुले बैठक गरी दशैंका बेला भीडभाड हुन नदिनका लागि सखिया नृत्य नगर्ने निर्णय गरेका छन् । 


Advertisement

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट आरम्भ र अन्त्य गरिने सखिया नृत्य परम्परा जोगाउनका लागि मात्रै भीडभाड नहुने गरी एक दुई दिन नाच्ने व्यवस्था गरिएको पिपलाडीका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । 


Advertisement

कमेन्ट गर्नुहोस्