×

NMB BANK
NIC ASIA

सुरक्षा निकायका कमान्डरहरूको दशैंः टीका परिवार र कार्यालयमा सीमित, आशीर्वादमा जनचेतना र राहत

कात्तिक ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) महामारीका कारण यसपालिको दशैंमा अघिल्लो वर्षजस्तो उल्लास छैन । सरकारले पनि जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन अपिल गरेको छ ।

Muktinath Bank

विश्वभर फैलिएको कोरोना संक्रमणले गर्दा सुरक्षा निकायमा पनि दशैंको भोज, बलि लगायतका कार्यक्रम स्थगित भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेना, सशस्त्र र नेपाल प्रहरीले गर्ने बडा भोजहरू यसपटक भएनन् ।


Advertisment
Nabil box
Kumari

सुरक्षा निकायका प्रमुख तथा कमान्डरहरूले यसपालिको दशैं परिवार तथा कार्यालयभित्रै मनाइरहेका छन् ।

Vianet communication
Laxmi Bank

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलको यसपालिको दशैं ड्यूटीमै बित्दैछ । घरमा आफूभन्दा मान्यजनबाट टीका लगाउने उनले बताए ।

‘म टीकाको दिन अफिसमै हुन्छु, केही समय मिलाएर घरभित्रका मान्यजनको हातबाट टीका लगाउँछु,’ प्रवक्ता दशैं योजनाबारे लोकान्तरसँगको कुराकानीमा पौडेलले लोकान्तरसँग भने ।

५ सय जना असहायलाई राहत : मेट्रो प्रमुख, पोखरेल

महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले दशैंमा असहाय, अशक्त, दृष्टिविहीनलाई राहत वितरण गरिरहेको बताए । ५ सय असहाय, अशक्त, दृष्टिविहीनलाई राहत दिने उनको योजना छ ।

‘यो दशैंमा मैले ५ सय असहाय र अशक्तलाई राहत दिने योजना बनाएको छु,’ डीआईजी पोखरेलले लोकान्तरसँग भने, ‘कोरोना भाइरसको संक्रमणले गर्दा सबैभन्दा पीडा उहाँहरूलाई छ, त्यसैले सहयोग गर्ने योजना बनाएको र सहयोग गरिरहेको हुँ ।’

काठमाडौं उपत्यकामा रहेका दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूलाई घटस्थापनाको दिनदेखि नै राहत दिन शुरू गरेको डीआईजी पोखरेलले बताए ।

यो पालिको टीका भने कोरोना महामारीका कारण कार्यालयमै बित्ने डीआईजी पोखरेलले बताए ।

‘अहिले अन्य ठाउँमा जाने कुरा भएन । उपत्यकाको शान्ति सुरक्षालाई पनि ध्यानमा राखेर कार्यालयबाटै मनाउने योजना बनाएको छु,’ डीआईजी पोखरेलले लोकान्तरसँग भने, ‘यसका अलवा घरभित्रका सदस्यहरूको हातबाट टीका लगाउने र लगाइदिने योजनामा छु ।’

दशैंमा सन्देश आशीर्वाद दिन्छु : एपीएफ प्रवक्ता अर्याल

सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल यसपालिको दशैं आशीर्वादका रूपमा सन्देश बाँडेर मनाउँदैछन् ।

कोरोना महामारीका बीच कसरी जोगिने भन्ने चिन्ता बढिरहेका बेला दशैंमा आफन्त लगायतका सबैलाई साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, भीडभाडमा नजाने लगायतका सन्देश प्रवाह गरिरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्यालले बताए ।

‘अहिलेको दशैंमा रमाइलो गर्नेभन्दा पनि कोरोना भाइरसबाट जोगिने सन्देश छर्ने र आशीर्वाद पनि त्यही दिने योजना बनाएको छु,’ प्रवक्ता डीआईजी अर्यालले लोकान्तरसँग भने, ‘तपाईंहरूले पनि यसपालिको दशैंमा कोरोनाबाट बच्ने सन्देश बाँड्नुहोला ।’

प्रवक्ता अर्याल विजयादशमीको दिन बिहान ११ बजेसम्म बलम्बुमै रहनेछन् । पूजाआजा गर्ने र त्यसपछि घरमा बुवाआमाको हातबाट आशीर्वाद लिने अनि परिवारका अन्य सदस्यलाई आशीर्वाद दिने उनको योजना रहको छ । 

सशस्त्र प्रहरीमा पनि परम्परा धान्नका लागि मात्र पूजाआजा हुनेछन् ।

अघिल्ला वर्षमा एपीएफको मौलो पूजामा मात्र १० वटा बोकाको बलि दिइन्थ्यो तर यसपटक एउटामा मात्र सीमित भएको प्रवक्ता अर्यालले बताए ।

अहिलेको दशैंमा एपीएफका कमान्डरहरूलाई अत्यावश्यक बाहेक बिदा नलिन र नदिन निर्देशन दिएको प्रवक्ता अर्यालले बताए ।

कार्यलयका कर्मचारी मेरा परिवार हुन्, उनीहरूसँगै दशैं मनाउँछुः ट्राफिक प्रमुख

महानगरीय ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालको यसपटकको दशैं कार्यालयमै बितिरहेको छ ।

कोरोना महामारीको समयमा संक्रमण नफैलियोस् भन्न र उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि दशैंमा प्रहरीले बिदा नपाउने भएपछि धेरैलाई दशैं खल्लो लाग्न सक्ने हुँदा उनीहरूसँगै दशैं मनाइरहेको ढकालले बताए । कार्यालयका सबै प्रहरी आफ्नै परिवारसरह भएको उनी बताउँछन् ।

‘कार्यलयका सबै कर्मचारी मेरा घरका सदस्यहरू हुन् । म उनीहरूसँगै बसेर दशैं मनाउँदै छु,’ एसएसपी ढकालले लोकान्तरसँग भने, ‘मैले सँगसँगै दशैं मनाउँदा मनोबल पनि उच्च हुन्छ ।’

कोरोना लागेर कतिपय ट्राफिक प्रहरीहरू आइसोलेसनमा छन् भने कतिपय निको भएर ड्यूटीमा फर्किएका छन् उनीहरूसँगै बसेर दशैं मनाउँदा, उनीहरूलाई टीका लगाइदिँदा उनीहरूको दशैं खल्लो न हुने विश्वास ढकालको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x