कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले शनिवार फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई मानसिक उपचारका लागि जाँच गराउन सल्लाह दिएका छन् ।
फ्रान्सले इस्लामिक उग्रवादीहरूविरुद्ध कारवाही चलाउने घोषणा गरेलगत्तै एर्दोआनको बयान आएको हो ।
यसअघि पनि उनी फ्रान्सविरुद्ध धेरैपटक आक्रोशित भएका छन् । पूर्वी भूमध्यसागरका विषयमा ग्रीसलाई समर्थन गरेको भन्दै उनले फ्रान्सको कठोर आलोचना गरेका थिए । उक्त क्षेत्रमा सैन्य तैनाथी गरेर फ्रान्सले युद्ध भड्काउन खोजेको आरोप उनले लगाएका थिए ।
एर्दोआन मुसलमानहरूको नयाँ मसिहा बन्ने सपना देखिरहेका छन् । मुसलमानहरूको विरुद्ध कतै केही भयो कि उनी त्यसमा आफ्नो बयान दिइहाल्छन् ।
फ्रान्समा केही दिनअघि एक शिक्षकलाई इस्लामिक अतिवादीले घाँटी रेटेर हत्या गरेपछि कट्टरपन्थीहरूका विरुद्ध उक्त देशमा अभियान चलाउन थालिएको छ । त्यसैले एर्दोआन फ्रान्सविरुद्ध भड्किएका हुन् ।
विगत केही समययता टर्कीको अर्थतन्त्र कमजोर बनिरहेको छ र मुद्रास्फीतिले कीर्तिमान छोएको छ । यस्तो स्थितिमा मानिसहरूले ध्यान अन्तै कोड्नका लागि उनी धर्म र देशभक्तिका कुराहरू ल्याइरहेका छन् ।
एर्दोआनको बयानपछि फ्रान्सले आफ्ना राजदूतलाई तत्कालै टर्कीबाट फिर्ता बोलाएको छ । म्याक्रोंको कार्यालयले एक बयान जारी गरेर आक्रोश र अपमान अन्तर्राष्ट्रिय राजनीतिमा नचल्ने बतायो ।
एर्दोआनले मध्य टर्कीको एक शहर कासेरीमा भाषणको क्रममा म्याक्रों नामक व्यक्तिलाई मुसलमान र इस्लामसँग के समस्या छ कुन्नि भनी बताएका थिए । म्याक्रोंले मानसिक उपचार गर्नुपर्ने उनले बताए । धर्मको स्वतन्त्रतालाई नबुझ्ने व्यक्तिलाई राष्ट्रप्रमुख कसरी भन्ने भनी उनले प्रश्न उठाए ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...