×

NMB BANK
NIC ASIA

चीनसामु अडिग उभिएको भन्दै मोहन भागवतले गरे मोदीको प्रशंसा

कात्तिक ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा दशहरा पर्वको अवसरमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले आइतवार सम्बोधन गर्दै चीनसामु अडिग रूपमा उभिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले भने, ‘चीनले सामरिक बलको अभिमानमा हाम्रो सीमामा अतिक्रमण गरेको कुरा संसारसामु स्पष्ट छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर भारतीयहरू एकजुट भएर चीनलाई आफ्नो शक्तिको अनुभव दिलाएको उनले बताए । ‘चीनले जस्तो सोच कसैले राख्छ भन्ने उसले बुझ्नुपर्छ, हामी त्यति कच्चा छैनौं । युद्धकै स्थिति आएछ भने पनि हाम्रो तयारी, दृढता र सजगता कम छैन,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘चीनको विस्तारवादी स्वभावका बारेमा सबै जानकार छन् । यसपटक उसले एकैपटक ताइवान, भियतनाम, अमेरिका, जापान र भारतसँग झगडा गरेको छ । तर भारतले दिएको जवाफले ऊ तर्सियो । उसलाई धक्का लाग्यो किनकि भारतले छाती उठाएर सामना गर्‍यो । भारतीय सेनाले आफ्नो वीरताको परिचय दियो । भारतीयहरूले देशभक्तिको परिचय दिए ।’

Vianet communication
Laxmi Bank

संसारका अन्य देशले पनि चीनलाई गाली गर्न थालेको उनले बताए । अन्य देश पनि उसको सामना गर्न थालेकोले ऊ बढी सचेत हुनुपर्ने भागवतको भनाइ छ । 

असामान्य परिस्थिति विकास भएकाले यसको प्रतिक्रिया उसले कसरी दिन्छ भन्ने थाहा नभएको भागवतले बताए । 

भारतले सावधानी र सामरिक तयारी दुवै उच्च राख्नुपर्ने उनले बताए । सामरिक, आर्थिक र कूटनीतिक रूपमा भारतले चीनभन्दा ठूलो बन्नुपर्ने अनि मात्र उसलाई रोक्न सकिने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x