×

NMB BANK
NIC ASIA

गाउँमै कमाएर रमाउँदै दरवाङका युवा

कात्तिक ९, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् । 

Muktinath Bank

आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताए ।  “१८ युवा अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्”, उनले भने, “उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरुलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदी, पहिरो नियन्त्रण र सडक निर्माणमा आवश्यक पर्ने ग्यावीन जाली बुन्ने, ढलानमा प्रयोग हुने मिक्सर मेसिन चलाउन, ग्रिल र फर्निचरसम्बन्धी काम सिकेका छन् । स्थानीय आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति रु २० हजारका दरले व्यक्तिगत ऋण लिएका उनीहरुले आवश्यक औजार खरिद गरेर सामूहिक उद्योग सञ्चालन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

स्थानीयस्तरमा आवश्यक पर्ने मजदुर पनि समूहमार्फत नै परिचालन गर्न थालेको आत्मनिर्भर युवा स्वरोजगार समूहका संयोजक गङ्गा रोकाले बताए । “कोरोनाका कारण यहाँका आयोजनामा बाहिरका मजदुर आउन नसक्दा काम प्रभावित भएको छ”, उनले भने, “यहीँका युवाले सीप सिकेर दक्ष भए काम र दाम दुवै हुन्छ ।”

Vianet communication
Laxmi Bank

टोलटोलमा समूह विस्तार गर्न थालेका उनीहरुले मासु र अण्डा उत्पादन गर्न कुखुरा तथा दूध उत्पादनका लागि भैँसीपालन शुरु गर्न लागेका छन् । विदेश र शहरी क्षेत्रबाट फर्किएका तथा गाउँमै भएका युवाहरुलाई समेटेर समूह बनाइएको छ । 

समूहमा आबद्ध भएपछि रुचिअनुसारको सीप सिकाउने र काममा लगाउन सहजीकरण गरेका छन् । कोरोनाको जोखिमका कारण विदेश र शहरी क्षेत्रबाट रोजगारी गुमेर फर्कनुपरेको अवस्थामा गाउँमै काम र दाम पाउने वातावरण बनेकोमा समूहका सदस्य कुमार केसीले उत्साहित भएको बताए । “विदेशबाट फर्किएपछि त्यतिकै घरमै बसेको थिएँ”, उनले भने, “सामूहिकरूपमा काम गर्दा सीप र अनुभव आदानप्रदान गर्न पाइएको छ । हातमा सीप र मनमा जाँगर पलायो भने काम जति पनि पाइँदो रहेछ ।”

मालिका गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाओँ, मालिकामै रमाऔँ’ भन्ने नारा सार्वजनिक गरेको छ तर नीतिअनुसारको बजेट विनियोजन र कार्यक्रम नबनाएकोमा युवाहरुले गुनासो गरेका छन् । 

स्थानीयलाई नै सीप सिकाएर विभिन्न आयोजनामा परिचालन गर्दा विकाससँगै रोजगारी, आयआर्जनको अवसर सिर्जना, सामाजिक विकृति र विसङ्गति न्यूनीकरणमा सहयोग देखिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x