×

NMB BANK
NIC ASIA

चीनसँग तनावका बीच अमेरिकाले बढायो युद्ध अभ्यास

कात्तिक ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनसँग तनाव बढ्दै जाँदा अमेरिकाले युद्धको अभ्यास तीव्र बनाएको छ । 

Muktinath Bank

अमेरिकी लडाकू विमान, रणनीतिक आणविक बमवर्षक विमान, आणविक पनडुब्बी र विमानवाहक युद्धपोतले अभ्यास गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस युद्धाभ्यासलाई ग्लोबल थन्डर नाम दिइएको छ । यसमा अमेरिकासँग बेलायत र अस्ट्रेलियाको जलसेनाले पनि भाग लिइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

दक्षिण चीन सागर र हिन्द महासागरमा अमेरिका र चीनबीच तनाव चरममा छ । 

Vianet communication
Laxmi Bank

ग्लोबल थन्डर युद्धाभ्यास यूएस स्ट्राटेजिक कमान्डले आयोजना गरेको हो । यसक्रममा अमेरिकी सेनाले कुनै निश्चित लक्ष्यविरुद्ध आणविक आक्रमण गर्न र त्यसबाट बच्नका लागि तयारी गरिरहेको छ । 
 

युद्धाभ्यासमा आणविक आक्रमण गर्न सक्षम अमेरिकाका बी–५२ स्ट्राटेजिक बम्बर, बी–१बी बम्बर, बी–२ स्प्रिट स्टील्थ बम्बर्सले शक्ति प्रदर्शन गरिरहेका छन् । 

हालैका दिनमा अमेरिकाले बी–१बी विमानको फ्लीट चीन नजिक गुआममा राखिरहेको छ । नेब्रास्का, मिसौरी र लुइजियानामा समेत अमेरिकाले युद्धाभ्यास गरिरहेको छ । 

बी–१बी बम्बरलाई अमेरिकी कम्पनी बोइङले बनाएको हो । अमेरिकी जलसेना र वायुसेनाले यसका १०० युनिटलाई अपरेट गर्ने गरेका छन् । तिनीमध्ये केही एसिया र युरोपमा समेत तैनाथ छन् । 

यी बमवर्षक विमानहरूले एकपटकमा ३४ हजार किलोभन्दा बढी तौल बोक्ने गरेका छन् । सिरिया, लिबिया, अफगानिस्तान र इराक युद्धमा यिनीहरूको उपयोग गरिएको थियो ।
 

हिन्द महासागरमा रहेको डिएगो गार्सिया टापुमा अमेरिकाको महत्त्वपूर्ण रणनीतिक उपस्थिति छ । यस टापुबाट अमेरिकी सेनाले प्रशान्त महासागरमा चीन र उत्तर कोरियाको गतिविधिमा नजर राख्छ र नेभल ब्लकेजको स्थिति आएमा योगदान गर्न सक्छ । 

त्यहाँ ५ हजार अमेरिकी सैनिक तैनाथ छन् । त्यहाँ तैनाथ गरिएका अमेरिकी स्ट्राटेजिक बम्बर लगातार चीन वरपरका क्षेत्रमा उडिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x