×

NMB BANK
NIC ASIA

यूएईको अबु धाबीमा नेपाली महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

कात्तिक ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यूएईको राजधाानी अबु धाबीमा एक नेपाली महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । 

Muktinath Bank

तीस वर्षीया अलिशा सुवाल र उनका तीनै सन्तानको स्वास्थ्य राम्रो छ । पाँच हप्तासम्म शिशु सघन उपचार कक्षमा राखेर अहिले उनीहरूलाई घर पठाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले हामी सुत्न पाएका छैनौं र नियमित तालिका बनाउँदैछौं । धन्य, मेरा पति र मैले कामबाट छुट्टी पाएका छौं र हामीलाई सेटल हुन सजिलो भएको छ,’ सुवालले गल्फ न्युजलाई बताइन् । 


Advertisment
Nabil box
Kumari

सुवाल र उनका पति विवेक श्रेष्ठको विवाह भएको आठ वर्ष बितेको छ । उनीहरूले जुम्ल्याहा सन्तान जन्मिने अपेक्षा गरेका थिए ।

Vianet communication
Laxmi Bank

तर सुवालको गर्भमा तिम्ल्याहा रहेको उनीहरूले कोभिड–१९ चर्किएको बेलामा थाहा पाए । 

‘तीन महिनामा स्क्यान गराउन म एक्लै गएकी थिएँ । अप्रिल महिनामा कोभिड चरममा थियो । चिकित्सकले म तिम्ल्याहाकी आमा बन्न लागेको भन्दा म स्तब्ध भएँ । म डराएको थिएँ अनि उत्साहित पनि थिएँ,’ सुवालले भनिन् । 

‘मेरो खानदानमा तीनथरी जुम्ल्याहा छन् तर तिम्ल्याहा जन्माउने हामी नै पहिलो जोडी हौं,’ श्रेष्ठले भने । 
 

मिडियोर अस्पतालमा प्रसूती तथा स्त्रीरोग विभागका प्रमुख डा वालिद एल शर्बिनीले प्रत्येक ६४ सय गर्भाधानमा एकपटक तिम्ल्याहा सन्तान हुने बताए । जुम्ल्याहा वा तिम्ल्याहा सन्तान जन्मिने इतिहास भएको परिवारमा त्यसको सम्भावना बढी रहने उनको भनाइ छ । 

सुवाल स्थानीय रिटेलरमा रिसेप्सनिस्ट छिन् भने श्रेष्ठ सुरक्षागार्डहरूका प्रमुख हुन् । 

गर्भ रहेको ३१ हप्तामै सुवालले तिम्ल्याहा जन्माएकी हुन् । अगस्ट २९ मा उनीहरूको जन्म भएको हो । शल्यक्रिया गरेर बच्चा जन्माएको तीन दिनपछि नै सुवाललाई अस्पतालबाट छुट्टी दिइयो । 

बच्चाहरूलाई चाहिँ शिशु सघन उपचार कक्षामा राखेर भर्खर मात्र घर पठाइएको हो । समयअगावै जन्मेकाले शिशुहरूको फोक्सो राम्ररी विकसित नभइसकेकाले श्वासप्रश्वासमा समस्या नआओस् भनी उनीहरूलाई सघन उपचार कक्षमा राखिएको थियो । 

जन्मँदा बच्चीहरूको तौल १२ सय ३० ग्राम, १२ सय ८० ग्राम र १३ सय २० ग्राम थियो । 

श्रेष्ठले दिनको धेरैपटक बच्चीहरूलाई दूध ल्याउने गरेका थिए । शल्यक्रियाबाट निको हुँदै गर्दा सुवाल दिनको एकपटक बच्चीहरूलाई हेर्न पुग्थिन् । बच्चीहरू स्वस्थ छन् भन्ने निश्चित भएपछि अक्टोबर महिनाको आरम्भतिर उनीहरूलाई घर पठाइएको हो । 

सुवाल र श्रेष्ठले छोरीहरूको नाम वियाना, अभिलाषा र आरियाना राखेका छन् । उनीहरूको समय बच्चीहरूको स्याहारमा बित्ने गरेको छ । रुँदा फकाउने, भोक लाग्दा खुवाउने र डाइपर बदल्ने काममा उनीहरू व्यस्त रहने गरेका छन् । 

‘हामीसँग अहिले धाई छैनन् तर मेरा रोजगारदाताले मलाई दुई महिनाको छुट्टी दिएका छन् र पत्नी मातृत्व बिदामा छिन् । हामी अहिले कागजात मिलाएर नेपाल फर्किने तयारी गरिरहेका छौं । त्यहाँ हाम्रा मातापिताले केही समयका लागि हेरिदिनुहुनेछ,’ श्रेष्ठले भने । 

सुवालले आफ्ना छोरीहरू यूएईमा हुर्काउन चाहेको बताइन् तर शिक्षादीक्षाको खर्च उठाउन गाह्रो पर्ने बताइन् । ‘म पनि अब काममा फर्किनुपर्ने हुन्छ त्यसैले बच्चा स्याहार्ने काम कसरी गर्ने भनी विचार गर्नुपर्नेछ,’ उनले थपिन् । 

गल्फ न्युजबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x