मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
भारतले म्यान्मारलाई आधिकारिक रूपमा एक पनडुब्बी दिएको छ तर त्यसको चर्चा निकै कम भएको छ ।
अक्टोबर १५ मा भारतको परराष्ट्र मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवलाई भारतद्वारा म्यान्मारलाई एक पनडुब्बी उपहार दिएको खबरका विषयमा स्पष्टीकरण सोधियो ।
उनले भने, ‘भारतले म्यान्मारको जलसेनालाई पनडुब्बी आईएनएस सिन्धुवीर लिन लागेको छ । म्यान्मार जलसेनाको यो पहिलो पनडुब्बी भएको जस्तो मलाई लाग्छ ।’
‘सेक्युरिटी यान्ड ग्रोथ फर अल इन द रिजन (सागर) का लागि पनडुब्बी दिइएको हो । हामी सबै छिमेकी मुलुकहरूको क्षमता र आत्मनिर्भरताका लागि प्रतिबद्ध छौं ।’
सरकारले यस विषयमा प्रेस विज्ञप्ति समेत जारी गरेको छैन ।
भारतले हेलिकप्टर र अन्य हतियार सहित जहाज र विमानहरू पनि निर्यात गर्ने गरेको छ । तर पनडुब्बी दिनु फरक कुरा भएको जानकारहरू बताउँछन् ।
अनि निर्यात आफूसँग बढी भएको कुराको गरिने हो । भारतीय जलसेनासँग यति धेरै पनडुब्बी छ त ?
आईएनएस सिन्धुवीर पूर्व सोभियत संघले भारतलाई दिएको थियो । सन् १९८८ को जुन ११ मा यसलाई भारतीय जलसेनामा समावेश गरियो ।
रुसीहरू यसलाई इकेएम क्लास (किलो क्लास) भन्छन् । डीजेल र बिजुलीबाट चल्ने अनि आणविक क्षमता नभएको पनडुब्बी हो यो ।
यो पानीमुनि ३०० मिटरसम्म जान सक्छ र ४५ दिनसम्म बाहिरी सहायताविना काम गर्न सक्छ । यसलाई चलाउन ५३ सदस्यीय चालक दल आवश्यक पर्छ ।
भारतले रुससँग यस्ता १० वटा पनडुब्बी किनेको थियो ।
बीबीसी हिन्दीका जुगल आर पुरोहितले यस विषयमा जानकार दुई अधिकारीसँग कुरा गर्दा उनीहरूले आईएनएस सिन्धुवीर म्यान्मारलाई भारतले उपहार दिएको भन्नु गलत हुने बताए । यो विषय अत्यन्तै गोप्य भएको दुईमध्ये एकले बताए ।
उनले भने, ‘निश्चित अवधिका लागि भाडामा दिइएको भन्न सक्छु । राजस्व कमाउनका लागि यो दिइएको हैन ।’
भारतले बंगलादेशमा जे भयो त्यो नहोस् भनेर म्यान्मारलाई पनडुब्बी दिएको भारतीय अधिकारीहरू बताउँछन् ।
उनीहरूमध्ये एकले भने, ‘सन् २०१६–१७ मा बंगलादेशले चिनियाँ पनडुब्बीहरू लियो । चिनियाँ पनडुब्बीमार्फत चिनियाँ कर्मचारीहरू बंगालको खाडीमा प्रवेश गरे ।’
‘तर बंगलादेशले ती पनडुब्बीहरूको उपयोग खासै गर्न सकेन । म्यान्मारको जलसेनाले पानीमुनि आफ्नो क्षमता बढाउन खोजिरहेको थियो अनि भारतले त्यसमा सहायता गरेको हो ।’
यस विषयमा किन मौनता अपनाइएको हो भन्ने विषयमा एक अधिकारीले बताए, ‘दुई देशले नै यस विषयमा कसैको ध्यान नजाओस् भन्ने चाहेका थिए । यो आरम्भ मात्र हो । अनि म्यान्मारको चीनसँगको सम्बन्ध पनि गहिरो छ ।’
इन्डियन मेरिटाइम फाउन्डेसनका उपाध्यक्ष रिटायर्ड कोमोडोर अनिल जय सिंहले तीन दशकको अनुभवमा चार पनडुब्बीको कमान्ड सम्हालेका छन् । उनले भने, ‘कुनै पनि देशले अर्को देशलाई पनडुब्बी लीजमा दिने कुरा दुर्लभ हो । तर बंगालको खाडीमा चीनभन्दा हामी पछि पर्न हुँदैन । त्यसैले दुई देशका जलसेनाको मिलनको दिशामा यो एक प्रगतिशील कदम हो ।’
चिनियाँ पनडुब्बीहरू हिन्द महासागरमा प्रायः तैनाथ रहने दिन लगभग आइसकेको उनले बताए ।
उनले भने, ‘पाकिस्तानलाई चीनले आठवटा पनडुब्बी दिँदैछ र पश्चिमी तटमा त्यो हाम्रा लागि चिन्ताको विषय हो ।’
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...