मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दशैंमा हुने जमघट र ओहोरदोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परिवार–परिवार बीचमा सामान्य जमघटसहित मनाउन आग्रह गरेका छन् ।
दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले घरभित्रै दशैं मनाउन आग्रह गरेका हुन् ।
‘बडादशैंमा हुने जमघट र ओहोरदोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्छ । त्यसैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै बडा दशैंलाई परम्पराको जगेर्ना र पाहुना सत्कारबाट टाढा रही घरभित्रै परिवारका सीमित सदस्यका बीचमा सामान्य जमघटसहित मनाऔं,’ उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडादशैं सहितका पर्वलाई विगतका वर्षहरूमा जस्तैै खुशीयालीका साथ स्वतन्त्र भई उल्लासमय वातावरणमा मनाउने नै छौं ।’
उनले केही समयदेखि विश्व महामारीको रूपमा फैलिरहेको कोभिड—१९ को कहरले यतिबेला विश्व नै संन्त्रासमय भएको भन्दै नेपाल पनि पछिल्लो समय कोभिड–१९ कारण थप पीडामा गुज्रिएको उल्लेख गरे । ‘यो वर्षको दशैं कोभिड–१९ महामारीका बीचमा मनाउन गइरहेका छौं,’ उनले भने, ‘संघीय राजधानी रहेको काठमाडौं उपत्यका र काठमाडौं महानगरपालिकामा कोभिड–१९ समुदायस्तरमै महामारीको रूपमा फैलिएको अवस्था छ । यसको रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार, प्रदेश सरकार सँगसँगै काठमाडौं महानगरपालिका आफ्नो स्रोत, साधन र क्षमताका साथ जुटिरहेको सर्वविदितै छ । यस्तो जटिल परिस्थितिमा उच्च सावधानीका साथ कोभिड–१९ को नियन्त्रण र व्यवस्थापन गर्दै कोरोनाको कहरबाट विजय प्राप्त गर्न सबैलाई शक्ति र आत्मवल प्राप्त होस् भन्ने कामना प्रकट गर्न चाहन्छु ।’
उनले कोरोना जस्तो अदृष्य सत्रुसँगको लडाइँ एक्ला–एक्लै जित्न सकिन्न भन्दै नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई परास्त सकिने पनि उल्लेख गरेका छन् ।
कोरोना विरुद्धको लडाइँलाई परिणाममुखी बनाउन स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालना गर्दै दिनचर्या अघि बढाउन अपिल गर्दै उनले दशैंको अवसरमा काठमाडौं महानगरबासी तथा स्वदेश/विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...